१३ चैत्र २०७९, सोमबार
विश्व विद्यालय

पूर्वाञ्चल विश्वविद्यालयले पायो मेडिकल कलेज सञ्चालन अनुमति

प्रकाशित मिति :  २४ माघ २०७९, मंगलवार १७:५०


२४ माघ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पीयू)लाई मेडिकल कलेज सञ्चालनकाे अनमति पाएकाे छ । सरकारले संचालनकाे बाटो खोलिदिएको छ ।

कलेजले आफ्नो छुट्टै अस्पताल सञ्चालन नगरेसम्म विराटनगरमा रहेको कोशी अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्ने शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने समझदारीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकल स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । निर्णयसँगै पीयूलाइ मेडिकल कलेज सञ्चालन गर्ने बाटो खुलेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय र कोशी अस्पतालबीच २०७८ माघ ५ गते शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने सम्झौता भएको थियो । उक्त सम्झौतालाई केन्द्र सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको हो ।

सम्झौता स्वीकृत भएसँगै आउँदो चैत मसान्तसम्ममा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सबै तयारी सम्पन्न गर्ने विश्वविद्यालयका सिनेट सदस्य गोपीबहादुर अछामीले जानकारी दिए ।

मेडिकल कलेज सञ्चालन गर्न ३सय शैय्याको शिक्षण अस्पताल हुनुपर्ने र त्यस्तो अस्पताल तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था चिकित्सा शिक्षा ऐनले गरेको छ । तर पूर्वाञ्चल विश्वविद्यालयसँग भवनलगायत आवश्यक पूर्वाधार भए पनि अस्पताल सञ्चालन गर्न नसक्दा मेडिकल कलेज सञ्चालन गर्ने योजना अगाडि बढ्न सकेको थिएन ।

सिनेट सदस्य अछामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर तत्कालै शिक्षक दरबन्दी खुलाउने जानकारी दिए ।

चिकित्सा शिक्षा आयोगले मेडिकल कलेज सञ्चालन गर्ने अनुमति दिँदै विद्यार्थी कोटा निर्धारण गरेपछि शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्ने तथा अन्य प्रशासनिक तयारी गर्ने काम चैत मसान्तसम्ममा सक्ने गरी विश्वविद्यालयले कामलाई अगाडि बढाउने भएको छ । एमबीबीएस कक्ष संचालन गर्न सकिने भवन तयार रहेको र शिक्षक दरबन्दी खुलाएर अर्को सालबाट पठनपाठन गर्ने गरी अगाडि बढ्ने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको विषयलाई त्यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले चुनावी एजेण्डा समेत बनाएका थिए ।


39
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


कस्तो छ, आजको मौसम ?
नेपालबहस संवाददाता