१३ चैत्र २०७९, सोमबार

बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने

प्रकाशित मिति :  २४ माघ २०७९, मंगलवार १८:००


२४ माघ, एजेन्सी । अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको छ । वित्त र मानव संसाधन विभागका दुई हजार कर्मचारी कटौती गर्ने योजनामा रहेको उक्त कम्पनीले जनाएको छ ।

कुनै पनि कर्मचारीलाई उसको रोजगारी गुमेको सूचना नदिइएको तर उनीहरूलाई रोजगारीका योजना बनाउन अनुमति दिइएको कम्पनीले बताएको छ ।

“हामीले गत वर्ष बोइङको जनशक्ति १५ हजारले बढाएका थियौँ,यो वर्ष इञ्जिनियरिङ र निर्माणमा केन्द्रित भएर थप १० हजार कर्मचारी भर्ना गर्ने योजनामा छौँ” कम्पनीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार गत डिसेम्बर ३१ सम्म बोइङको कुल कार्यबल एक लाख ५६ हजार कर्मचारीको थियो ।


104
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

कस्तो छ, आजको मौसम ?
नेपालबहस संवाददाता