२४ माघ, विराटनगर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफनै मातहतमा पुर्याएको राजश्व अनुसन्धान विभागको राजश्व अनुसन्धान कार्यालय सुनसरी केही दिन यतादेखि सुनसरी मोरङ औद्योगिक करिडोरमा सक्रिय बन्दै गएपछि विवादित बन्न पुगेको छ ।
विगतमा राजश्व छली भएको आशंकामा औद्योगिक प्रतिष्ठानदेखि व्यापारिक फर्ममा समेत छापामारी अनुसन्धान गर्दै मुद्दा समेत चलाउने अधिकार पाएको राजश्व अनुसन्धान पछिल्ला केही वर्ष यतादेखि सबै अधिकारबाट बन्चित गरिएपछि राजश्व अनुसन्धान सुनसरी अहिले केही समयदेखि विराटनगरका प्रतिष्ठित फर्म र उद्योगमा अवैध लाभको नियतले छापा मारेपछि विवादित बन्न पुगेको हो । भारत सरकारले गत वर्षदेखि गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि मैदा उद्योग बन्द हुन थालेको बाहानामा केही प्रतिष्ठित औद्योगिक प्रतिष्ठानबाट सेटिङ्गमा भारतबाट गहुँ आयात भइरहेको रहस्य खुलेसँगै गहुँ आयातमा राजश्वको मौनताले उसको विवादास्पद कार्यशैलीको रहस्य खुल्न पुगेको थियो ।
प्रधानमन्त्री कार्यालय अन्तरगत प्रधानमन्त्रीले आफनै मातहतमा राखेको राजश्व अनुसन्धान प्रदेश १ कार्यालय सुनसरीका प्रमुख खेम ओझा आफै औद्योगिक प्रतिष्ठानको छापामा निस्किएपछि राजश्व अनुसन्धानको कायैशैलीलाई लिएर अहिले सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरु आतंकित बन्न पुगेका छन् । स्रोतका अनुसार राजश्व अनुसन्धानको छापामारी पश्चात राजश्वको अनुसन्धानमा संलग्न कर्मचारीहरु नै उद्योगी व्यापारीकोमा धाउन थालेसँगै राजश्वको विवाद छताछुल्ल बन्न पुगेको हो ।
साना उद्योगदेखि ठुला उद्योग र व्यवसायिक प्रतिष्ठानबाट पछिल्लो समय राजश्वले कमाउ अभियान नै सुरु गरेको आरोप उद्योगी व्यवसायीले नै लगाउन थालेका छन् । साना व्यवसायी प्रतिष्ठानमा छापा मारेर राजश्व अनुसन्धानले ठुला उद्योगहरुमा गरेको सेटिङ्गको विषयलाई नेपालबहसले निरन्तर खवरदारी गर्दै जाँदा अबैध बाटोबाट आयात हुँदै आएको गहुँमा फलोर मिल्सका संचालकहरुसँग राजश्वको आफनो कमाउ प्रवृत्ति नै छताछुल्ल बन्न पुगेको हो ।
फलोर मिल्स संचालकहरु मध्ये पछिल्लो समय सुनसरी मोरङ औद्योगिक करिडोरका प्रदीप शारडाले संचालक गर्दै आएको न्युटीफुड्ससँग राजश्व अनुसन्धान सुनसरीका प्रमुख खेम ओझा र उद्योग संचालक शारडाको राम्रो हिमचिम बढेको दावी राजश्व स्रोतले नै गरेको छ । जसको केही दिन अगाडी राजश्व अनुसन्धान र न्युटीफुड्स संचालक शारडा बीचको सामिप्यताका सम्बन्धमा नेपालबहसले खुलासा समेत गरिसकेकै छ ।
केहीदिन यतादेखि राजश्व कार्यालय सुनसरीको सम्पर्कमा नजाने व्यवसायिक प्रतिष्ठानमा छापामारी व्यापारी एवं उद्योगीलाई दुख दिन थालेको कुरा एक व्यापारीले नेपालबहसलाई बताए । सुनसरी मोरङ औद्योगिक करिडोरका अर्का एक उद्योगीले आफनो नाम नछाप्ने शर्तमा भने अब व्यापार संचालन गर्न पनि नसकिने अवस्था आएको छ । एकातिर बैकहरुको चर्को ब्याज र अर्कोतिर व्यापारिक प्रतिष्ठानमा नै प्रधानमन्त्री मातहतको कार्यालयबाट हुने छापा प्रकरणले व्यवसायिक वातावरण नै त्रसित बन्न पुगेको छ ।
एकातिर सरकार विदेशमा औद्योगिक वातवरण बनाउँछु लगानी गर्नु भन्दै हिड्छ तर यहाँ संचालित व्यवसायिक फर्ममा प्रधानमन्त्री कार्यालयकै मातहतमा रहेको राजश्व अनुसन्धान कार्यालय सुनसरीबाट छापा हान्ने र व्यवसायीलाई तर्साउने काम सुरु भएको प्रति व्यवसायीको तीव्र गुनासो आउन थालेको छ ।
र याे पनिः उद्योगी शारदाको गहुँमा कालोबजारीः राजश्व अनुसन्धानसँग अवैध आयातको सेटिङ