१९ चैत्र २०७९, आईतवार
आर्थिक सहयोग

यूएसएआईडी प्रमुख पावरद्वारा साढे ७ अर्ब सहयोग दिने घोषणा

प्रकाशित मिति :  २४ माघ २०७९, मंगलवार २१:३२


२४ माघ, काठमाडौं ।  नेपाल भ्रमणमा रहेकी यूएसएआईडीकी प्रमुख समान्था पावरले नेपाललाई यसअघि घोषणा गरेको भन्दा १ करोड ८३ लाख डलर थपेर साढे ७ अर्ब आर्थिक सहयोग दिने घोषणा गरेकी छन् । पावरले मंगलबार ललितपुरको पाटनमा आयोजित कार्यक्रममा उक्त रकम सहयोग गर्ने घोषणा गरेकी हुन् ।

उक्त घोषणा रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख डलरको विकास गर्ने गरी घोषणा गरिएको मध्ये हो । यूएसएआईडीले यसअघि घोषणा गरेको भन्दा थप एक करोड ८३ लाख डलर नेपाललाई सहयोग दिन लागेको हो ।

यूएसआईडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरु मजबुद पार्न र नेपालीहरुका निम्ति अझ बृहत सम्बृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने यूएसएआईडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तवरबाट सार्वजनिक सेवाहरु प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरुलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको उल्लेख छ । स्वतन्त्र नागरिक समाजका संस्थाहरुलाई सहयोग गर्न एक करोड ८५ लाख डलरसम्मको रकम समावेश गरिएको छ ।


143
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा