१९ चैत्र २०७९, आईतवार
नेपाल प्रहरी

अब बागलुङ प्रहरीले चिसो भूइँमा सुत्नुपर्दैन

प्रकाशित मिति :  २५ माघ २०७९, बुधबार १३:३५


Ps k|x/L Ps Dof6«]; x:tfGt/0f unsf]6 @# df3 M afun’ªsf !) j6} kflnsfsf] ;xof]udf ? @$ nfvsf] nfutdf vl/b ul/Psf] #*( yfg Dof6«]; lhNnf k|x/L sfof{nosf k|d’v k|x/L pk/LIfs boflglw 1jfnLnfO{ x:tfGt/0f ub}{} afun’ª gu/kflnsfsf gu/k|d’v j;Gts’df/ >]i7;lxt cGo kflnsf k|d’vx? . Ps k|x/L Ps Dof6«]; sfo{qmdn] k|x/L ;?jf x’Fbf afun’ª lhNnfe/ lj:tf/f n}hfg’ kg]{ cj:yfsf] cGTo ePsf] 5 . tl:a/ M v]d/fh uf}td ÷ /f;;

२५ माघ, गलकोट । बागलुङमा एक प्रहरी एक म्याट्रेस कार्यक्रमअन्तर्गत सबै प्रहरीलाई सुत्न म्याट्रेसको व्यवस्था गरिएको छ । जिल्लामा खटिएका सबै प्रहरीलाई पुग्ने गरी सबै स्थानीय पालिकाको सहयोगमा म्याट्रेस उपलब्ध गराइएको हो । एक प्रहरी एक म्याट्रेस कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई दस पालिकाको तर्फबाट तीन सय ८९ थान म्याट्रेस प्राप्त भएको छ ।

जिल्लाका दुर्गमस्थानका प्रहरी युनिटमा आवाससँगै म्याट्रेसको समस्या थियो भने केही स्थानमा प्रहरीहरु रित्तो खाटमा बस्नुपर्ने बाध्यता थियो । विभिन्न क्षेत्रमा खटिएका प्रहरी सरुवा हुँदा म्याट्रेस लिएर आउनुपर्ने कार्य आउने कार्य अब अन्त्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । तीन सय ८९ थान म्याट्रेस रु २४ लाखको लागतमा खरिद गरेर प्रहरीलाई वितरण गरेका हुन् ।

“जिल्लाका १० पालिकाले खरिद गरेर प्रदान गरेको म्याट्रेस अधिकांश प्रहरी युनिटमा पुगिसकेको छ, एउटा जवानदेखि कार्यालय प्रमुखसम्मलाई पुग्नेगरी प्रतिम्याट्रेस रु सात हजारका दरले पालिकाले खरिद गरेर प्रदान गरेका हुन्” उनले भने “अब प्रहरी सरुवा भएर आउँदा म्याट्रेस पोको पारेर ल्याउन पर्दैन, प्रहरी युनिटमा नै म्याट्रेस हुन्छ, प्रहरीले जनताको सेवामा खटिँदै गर्दा राम्रोसँग सुत्न आवश्यक छ।” जिल्लाका सबै प्रहरीलाई पुग्ने गरी पालिकाको आर्थिक सहयोगमा एक मुष्ठ म्याट्रेस खरिद गरेर प्रहरी युनिटमा पठाइएको छ ।

जनताको सुरक्षाका लागि खटिने प्रहरी चिसो भुइँमा सुत्ने समस्या समाधानका लागि पालिकाबीचको साझेदारीमा म्याट्रेस खरिद गर्ने निर्णयअनुसार जिल्लामा खटिने तीन सय ८९ प्रहरीलाई म्याट्रेस वितरण गरिएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । “प्रहरीलाई अझै समस्या छ, कति भुइँमा सुतेको देखेको छु केही त प्रहरी चौकीमा रित्तो खाट छन्, सरुवा भएर आउँदा प्रहरीलाई म्याट्रेसकै चिन्ता हुन्छ, अब कुनै प्रहरी चौकीमा म्याट्रेस अभाव भएमा नगरपालिकाले दिन्छ” उनले भने,“एक प्रहरी एक म्याट्रेस कार्यक्रम हाम्रा लागि सानो होला तर प्रहरीको लागि ठूलो हो, उनीहरुलाई यस्ले धेरै फाइदा हुन्छ प्रहरीको मनोबल बढ्छ ।”

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भूपेन्द्र गिरीका अनुसार बागलुङ नगरपालिकाले एक सय थान, गलकोट नगरपालिकाले ४५ थान, ढोरपाटन नगरपालिकाले २५ थान, जैमिनी नगरपालिकाले ३० थान, बडिगाड गाउँपालिकाले ३५ थान, काठेखोला गाउँपालिकाले ३५ थान, तमानखोला गाउँपालिकाले १८ थान, ताराखोला गाउँपालिकाले ३० थान, निसीखोला गाउँपालिकाले ३६ थान र बरेङ गाउँपालिकाले ३० थान म्याट्रेस सहयोग गरेका थिए ।


4.39k
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता