१९ चैत्र २०७९, आईतवार
मधेश प्रदेश

विर्ता प्रहरी प्रमुख मल्ललाई १५१ किलोको मालाले अभिनन्दन

प्रकाशित मिति :  २५ माघ २०७९, बुधबार २१:०४


२५ माघ, बीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई १५१ किलोको मालाले सम्मान गरिएको छ । वडा प्रहरी प्रमुखको रुपमा १० महिना विताएका मल्लले शान्ति सुरक्षा र अमन चयनमा सर्हानीय काम गरेको भन्दै १५१ किलोको मालाले सम्मान गरिएको हो ।

बीरगञ्जको आदर्शनगर चोकमा आयोजित कार्यक्रमकाबीच मल्ललाई नागरिक अभिनन्दन सहित विदाई गरिएको हो । विदाई कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम तथा विभिन्न २ दर्जन भन्दा बढी संघसंस्थाले संयुक्त अभिनन्दन गरेका हुन् । थानकोट सरुवा भएका मल्ल बिहीबार बीरगञ्जबाट जाँदैछन् ।


19.71k
Shares
roadshow real state
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्याममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा




सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता