युनाइटेडले आत्मघाती गोलगर्दा लिडससँग अंक बराबर बाडन बाध्य
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १६:६:३९
२६ माघ, काठमाडौं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा लिड्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडन बाध्य भएको छ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेड अंक बाडन बाध्य मात्रै भएन, हाफ टाइम पछि गरेको कडा मेहनतका कारण हारबाट जोगिन पनि सफल भयो । युनाइटेटका लागि मार्कस र्यासफर्ड र जेडोन सान्चोले गोल गरेर युनाईटेडलाई हारवाट जोगाएर बराबरी अंक बाडने मौका दिए ।
खेल सुरू भएको पहिलो मिनेटमै विलफ्रिड यन्तोले गोल गर्दै लिड्सलाई सुरूआती अग्रता दिलाए भने ४९ औं मिनेटमा लिड्सले आत्मघाती गोलमार्फत अग्रता दोब्बर बनाउँदा युनाईटेड २–१ ले पछि पर्न गयो । युनाइटेडका रफायल भरानेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए।
६२ औं मिनेटमा मार्कस र्यासफर्डले र ७० मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाउन सफल भए । १६ औं स्थानमा उक्लिएको लिड्सको २१ खेलबाट १९ अंक छ। २२ खेलबाट ४३ अंक जोड्दै युनाइटेड तेस्रो स्थानमा छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार