चितवनमा भेट्रान कप फुटबल शनिबारदेखि हुने
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १६:१०:१८
२६ माघ , चितवन । चितवनमा शनिबारदेखि स्व. दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने प्रतियोगिताका संयोजक हरिप्रसाद भट्टले जानकारी दिP । प्रतियोगितामा भारतको कोलकातासहित नेपालबाट आयोजक चितवन भेट्रान निलो, चितवन भेट्रान रातो, अभिषेक चर्च भेट्रान रजहर, नागासोती भेट्रान क्लब हेटौँडा, सिमरा भेट्रान सिमरा, डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भूपू सैनिक जबई स्पोर्टिङ, एक्स महेन्द्र पुलिस क्लब, बगरभाइ खलक भेट्रान, हेटौँडा भेट्रान, फ्रेण्ड्स भेट्रान, दरबार भेट्रान नुवाकोट र थापागाउँ सुधार समिति सहभागी हुनेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने उक्त प्रतियोगितामा दुवै समूहका शीर्ष टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले रु एक लाख ५१ हजार र उपविजेताले रु ७५ हजार पाँच सय प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु १० हजार तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले रु पाँच–पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सहभागी हुने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक र सन्तोषीले जिते हाफ म्याराथनको उपाधि
चैत १०, २०८० शनिबार
ब्याडमिन्टन खेलाडीको पहलमा दमकमा कभर्डहल निर्माण
चैत ९, २०८० शुक्रबार
तेस्रो परवानीपुर गोल्डकप : बाग्मती फुटबल क्लब सेमिफाइनलमा
चैत ६, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार