पदम अवस्थीको मृत्यु शंकास्पद
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १८:२५:३६
♦ सीपी लोहिया
२६ माघ, बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित जवरजल ढ्वानी भिरमा डडेल्धुराका एक युवकको शव १९ माघमा फेला पर्यो । शव भेटिएपछि लडेर मृत्यु भएको हुनसक्ने आंकलन गरिएको थियो । मृतक डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २० वर्षीय पदम अवस्थी हुन् ।
मृतकको खल्तीमा प्रहरीलाई दिन तयार पारिएको निवेदन र १० हजार रकमको चेक भेटिएकाले घटना शंकास्पद देखिन्छ । चेक २३ गतेका लागि काटिएको खुलेको छ भने निवेदनमा उल्लेख भएको कुराबारे प्रहरीले केही बताएको छैन ।
शव फेला परेको एक हप्ता हुन लागेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । मृतकको सम्पर्कमा आएका व्यक्तिहरुलाई सोधपुछको काम भइरहेको प्रहरीको भनाइ छ । अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा भने नलिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
उनले भने, ‘मृतक पाटन पुगेको दिनदेखि उनको सम्पर्कमा आएका सबैसँग सोधपुछ गरिरहेका छौँ, उनको साथमा भेटिएका केही तथ्य र प्रमाणबारे पनि सुक्ष्म अनुसन्धान भइरहेको छ ।’ पोष्टमार्टम रिर्पोट प्राप्त भएको र रिर्पोटको आधारमा अनुसन्धान अघि बढाएको पनि उनले बताए ।
मृतक पाटनस्थित एक होटलमा काम गरेका व्यक्ति हुन् । मृतकका आफन्तका अनुसार उनी १७ माघमा नै आफूले काम गरेको होटलबाट पारिश्रमिक लिन भनी बैतडी आएका थिए ।
घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिन हुनुपर्ने आफन्तको माग रहेको छ । पदमको लडेर मृत्यु भएको नभई कसैले हत्या गरेर फालेको आफन्तको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार