साढे चार करोडको लगानीमा आठ सडकको स्तरोन्नति गरिँदै
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १९:४१:२९
२६ माघ, धनकुटा । चालु आर्थिक वर्षमा करिब रु साढे चार करोडको लगानीमा जिल्लाका विभिन्न आठ सडकको स्तरोन्नति तथा सुधार गरिने भएको छ । सडक डिभिजन कार्यालय धनकुटाका अनुसार चार करोड ३८ लाख १२ हजारको लागतमा उक्त सडकको सुधार हुन लागेको हो ।
सबै सडकको ठेक्का प्रक्रिया सम्पन्न भई आयोजनाको सम्झौता हुने चरणमा रहेको कार्यालयका इञ्जिनीयर सन्तोष शाहले जानकारी दिए । सञ्चालन हुन लागेका सडक आयोजनामा निर्माणाधीन मोरङको केराबारी हुँदै चौबिसे गाउँपालिकाबाट छथर जोरपाटी गाउँपालिका जोड्ने हुलाकी मार्गको एक करोडको लागतमा सुधार गरिनेछ ।
त्यस्तै छथर जोरपाटी गाउँपालिकाको मध्यपहाडी लोकमार्गको सिंधुवा बजारबाट महालक्ष्मी नगरपालिका हुँदै लोकमार्गको भोजपुर जोड्ने नगरपालिकाको मुख्य सडक, पाख्रिबास नगरपालिकाबाट मुगा गाउँ हुँदै अरुण नदीबाट भोजपुर जिल्ला जोड्ने सडक, नगर र शहीद भूमि गाउँपालिकासम्म पहँुच राख्ने सडकमा रु ५०÷५० लाख खर्च गरिनेछ ।
धनकुटा नगरपालिकादेखि भोजपुर जोड्ने अखुवाटारसम्मको शहीद भूमि गाउँपालिकाको सुख्य सडक ,कोसी राजमार्गको धरान धनकुटा सडकखण्डमा रहेको साँगुरीगढी गाउँपालिकाको सिम्सुवाबाट चौबिसे गाउँपालिका जोड्नेमध्ये चौबिसे सडक मा रु ५० लाख खर्च गरिनेछ भने गाउँपालिकाको तीन रणनैतिक सडकमध्ये तमोर करिडोरबाट राजारानी बजार र बजारदेखि वसन्तटार जोड्ने दुई सडक स्तरोन्नतिका लागि क्रमशः ५० र ३८ लाख १२ हजार खर्च गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार