खोलामा माछा नपाइँदा माझी र दनुवारकाे पेसा धरापमा, हातमुख जोर्नै धौधौ
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १९:४९:२
२६ माघ, मेलम्ची । इन्द्रावती बगरमा आजभन्दा १०÷१२ वर्ष पहिले माछा मार्नेको घुइँचो लाग्थ्यो तर अहिले बगरमा अधिकांश बालुवा चाल्ने र ज्यामी काम गरिरहेका मात्र भेटिन्छन् । इन्द्रावती गाउँपालिका–११ र १२ का माझी तथा दनुवारले माछा मारेरै जीविका चलाउने गरेका थिए । पहिला खोलामा माछा कति पाइन्थ्यो भन्ने साँधी नै थिएन तर अहिले खोलामा माछा देख्नै गाह्रो भएको इन्द्रावती–१२ का बृद्ध पृथ्वीबहादुर दनुवार बताउछन ।
“माछा पाइने भएकाले एक ÷दुईघण्टा समय दिएपछि घरखर्च चलाउन समस्या नै हुँदैनथ्यो । घरमा तरकारी नहँदा पनि खोलामा जाने गरिन्थ्यो । एक छिनमै ल्याएको माछाले छाक टरिहाल्थ्यो । अहिले खोलामा डढेँलो नै लागेजस्तो भाको छ”, उनी भन्छन ।
“साना–ठूला माछा छेउछाउमै भेटिन्थ्यो । एउटा भङ्गालो थुन्दा एक झोला माछा जम्मा हुने गर्दथ्यो,” पृथ्वीबहादुर विगत सम्झदै भन्छन, ‘‘क्रसर सुरु भएपछि केही मात्रामा खोलामा माछा घटेको छ । जब २०७२ सालमा भूकम्प आयो त्यसपछि भने माछा पाइन नै छाड्यो ।’’ एक ÷दुई रुपैयाँ किलोको माछा बेच्दा पनि माछा मारेर घरखर्च पुग्ने गरेको उनी बताउछन । अहिले माछा मार्ने व्यवसाय नै धरापमा परेकाले विकल्पकरुपमा ज्याला मजदूरी गर्न बाध्य भएका दनुवार समुदाय । खोलामा प्रश्सतै माछा पाउँदा ती समुदायका अधिकांशले घरखर्च चलाउने माध्यम नै खोला बनेको थियो । बिहान घामको झुल्कोसँगै हातमा जाल र कम्बरमा गेद्रा लिएर खोलामा पुग्ने दनुवारहरु अहिले खोलामा देख्नै मुस्किल भइसकको छ । बाउबाजेदेखि गरिआएको पेसा नै धरापमा परेको छ ।
अहिले लोकल माछाको माग बढ्न थालेको र राम्रो मूल्यमा बिक्री हुने भए पनि खोलाको माछा पाइनै छाडेको छ । साविकको भीमटार गाविसका माझी तथा दनुवार समुदाय माछा मार्न र खान सौखिन थिए तर अहिले क्रसर उद्योगले आफूखुशी खोला उत्खनन गर्ने र विष प्रगोग गरेर माछा मार्ने गर्दा माझी तथा दनुवार समुदायको दैनिक गतिविधि नै विथोलिएको छ ।
“हाम्रो त जागिर, पेसा र व्यवसाय जे भने पनि खोलाको माछा हो”, सोही स्थानका अर्नुन दनुवार भन्छन, “अहिले नदीमा माछा घटेकाले दिनभर खोलामा डुल्दा पनि रित्तो हात फर्किनुपर्ने अवस्था छ । माछा मारेरै गुजारा गर्नेलाई हातमुख जोर्नै धौधौ परेको छ ।” उनको भनाइ छ ।
नदीमा माछा घटेसँगै भीमटारमा स्थानीयवासीले पेसा नै छाडेका छन् । नदीमा क्रसर उद्योग बढेसँगै बालुवा उत्खनन् तीव्र गतिमा हुँदा माछाको सङ्ख्यामा कमी आएको छ । नदी वरपर खोलिएका क्रसरबाट निस्कने लेदो माटोका कारण पनि खोलामा माछा पाउन मुस्किल हुने गरेको छ । बाबुबाजेदेखि आफूले पनि गर्दै पेसाबाट हात धुनुपर्ने अवस्था आएको भीमटारका कृष्णबहादुर दनुवारको गुनासो छ ।
खोला बगर आसपासका बस्तीमा बस्न रुचाउने दनुवार तथा माझी समुदाय अहिले वैकल्पिक कामको खोजीमा लाग्न थालेको ईन्द्रावती १२ का वडाध्यक्ष सुरेन्द्रबहादुर दनुवारको भनाइ छ । अघिल्ला पुस्ताले अहिले शिक्षा आर्जनका लागि आफ्ना सन्तानलाई अग्रसर गराएका छन् तर सोचेजति उपलब्धि भने हासिल गर्न नसकेको उनी बताउछन । अहिले उक्त समुदायमा सबैले अध्ययनसँगै सीप पनि सिक्न थालेकाले अबको केही समयमा भने बेरोजगारीको समस्या विस्तारै हट्दै जाने वडाध्यक्ष दनुवार जानकारी दिन्छन।
माछा मार्ने र बालुवा चाल्ने कामको विकल्प खोजी गरिरहेको इन्द्रावती–११ का वडाध्यक्ष रामजी माझीको भनाइ छ । विगतमा समुदायका व्यक्तिमा सीप र शिक्षा नभएका कारण माछा मार्ने र बालुवा चालेर गुजारा गर्न बाध्य थिए तर अहिले वडाबाट बङ्गर पालन, कुखुरा पालनलगायत उद्यममा लगाएर अनुदान दिने गरिएको उनी जानकारी दिन्छन । कृषिलाई आधुनिक तरिकाबाट खेती गर्न केही किसानलाई अनुदानका रूपमा टनेल र तरकारीको बीउ वितरण गरिएककोे वडाध्यक्ष माझीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी [ फोटोफिचर ]
चैत १५, २०८० बिहिबार
गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
चैत १३, २०८० मंगलबार
एकै ठाउँमा तीन वटा नगदेबाली
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार