१९ चैत्र २०७९, आईतवार

विभिन्न स्थानबाट हराएका मोटरसाइकल र स्कुटर सम्बन्धित् धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  २६ माघ २०७९, बिहीबार १४:२५


२६ माघ, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान दुई पाङग्रे सवारी साधन फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित् धनीलाई हस्तान्तरण गरेको छ ।

दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा सो कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर फेला पारी सम्बन्धितलाई हस्तान्तरण गरेको हो ।

गत साउनदेखि दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ९९७ वटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३१४ थान सवारी साधन अनुसन्धानका लागि ल्याएको थियो ।

जसमध्ये साउनमा ७३ थान, भदौमा ४० थान, असोजमा ३० थान, कात्तिकमा १४ थान, मंसिरमा ३७ थान र पुसमा ५१ थान सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको थियो । साथै माघ महिनामा मात्र ४३ थान सवारी साधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ ।

साथै यस आर्थिक वर्षमा २४ थान चोरीका मोटरसाइकलसहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको प्रयोग गर्न अनुरोध समेत गरेका छन् ।


65
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता