१९ चैत्र २०७९, आईतवार

मेस्सीले टर्की भुकम्प पीडितलाई ३.५ मिलियन युरो सहयोग गर्ने

प्रकाशित मिति :  २६ माघ २०७९, बिहीबार १४:५०


२६ माघ, काठमाडौं । चर्चित फुटबलर लियोनेल मेस्सीले टर्की र सिरियाका भुकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो सहयोग गर्ने भएका छन् । टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको भक्स न्युजले उल्लेख गरेको छ ।

लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो, जसले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ र लियोका जेठा भाइ म्याटियासले युनिसेफ सँगको साझेदारीमा सहयोगका गतिविधिहरू आयोजना गर्छन्।

उनले सो रकम युनिसेफसँगको सहकार्यमा टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । टर्की र सिरियामा गएको बिनाशकारी भुकम्पले अहिलेसम्म १५ हजारको ज्यान लिएको छ भने विश्व स्वास्थ्य संगठनले सो भुकम्पमा परी २० हजार जनाको ज्यान गएको प्रक्षेपण गरेको छ । संसारभरवाट टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग जाने क्रम जारी छ ।


104
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता