१९ चैत्र २०७९, आईतवार

रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलासा

प्रकाशित मिति :  २६ माघ २०७९, बिहीबार १४:५४


२६ माघ, काठमाडौं । काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलासा भएको छ ।

लुटपाट गर्ने उद्देश्यले वीरगन्ज घर भई ललितपुरको टोखा बस्दै आएका ध्रुवबहादुर खडकाको मंगलबार बिहान हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ ।

थापाले खडकालाई ट्याक्सीमा राखेर रुद्रनगर पुर्याई ओरालेर भित्तामा टाउको ठोक्काई बेहोस बनाएर छात्तीमा लात्तीलेर हानेर हत्या गरेको सीसीटिभी फुटेजमा देखिएको छ ।

पक्राउ परेका थापा यसअघि लागू औषध कारोबारी कसुरमा जेल बसेर छुटेको खुलेको छ । हत्यापछि उनले मृतक खडको साथमा रहेको पैसा लुटेको समेत खुलेको छ ।


52
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा




सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता