किसानलाई सहकारी सहयोगी बन्दै
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २१:३:५२
२६ माघ, महेन्द्रनगर । कञ्चनपुरको ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहकारी सहयोगी बन्दै गएको छ। कम आयस्रोत भएका किसानले बस्तीमा किसानकै नेतृत्वमा बनेका सहकारीमा मासिक बचतदेखि सहुलियत ऋणसम्मको सुविधा पाउने भएकाले उनीहरुलाई आत्मनिर्भर बन्न सहज भएको हो । कञ्चनपुरका नौवटै पालिकाकामा रहेका सहकारीमा किसान आवद्ध भइ तरकारी खेती, पशुपालन, कुखुरा पालन, बङ्गुरपालन, माछापालनलगायत व्यवसायमा सक्रिय हुने क्रम बढिरहेको छ ।
त्यस्तै यहाँ आर्थिक गतिविधि फराकिलो भएका ठूला सहकारी र विभिन्न दातृ निकायले पनि गाउँमा कृषि सहकारी र समूहमा आवद्ध किसानलाई अनुदान एवं प्राविधिक सहयोग पनि गर्दै आएका छन् । बस्तीमा एकजुट बगरखेती किसान समूह गठन गरेर आफूहरु तरकारी खेतीमा लागेको कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउका सुदराम चौधरीले बताए । न्यून आयस्रोत भएका यहाँका बीस राना र चौधरी समुदायका किसान मिलेर सञ्चालनमा ल्याइएको उक्त समूहमा मासिक बचत समेत गर्ने गरिएको छ ।
“समूहका सदस्यले मलखाद किन्नेदेखि व्यवसाय बढाउन धेरैजसो समूहबाट ऋण लिने गर्छन् ।” उनले भने,“मासिक रु ५० बचत गछौँ ।”यहाँ सहकारीमा आवद्ध किसानले सामूहिकरुपमा दोदा नदीमा तरकारी खेती गरेर मुनाफा लिइरहेका छन् । त्यसैगरी भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित खप्तड कृषि सहकारी संस्था पनि यस क्षेत्रका किसानको सारथी नै बनेको छ ।
उक्त सहकारीले पछिल्लो समय दुग्ध व्यवसायीलाई आयमूलक व्यवसायमा आवद्ध गराउँदै आएको छ । सो क्षेत्रमा व्यावसायिकरूपमा केराखेती गर्ने अधिक छन् । यहाँ उक्त सहकारी र कृषि ज्ञान केन्द्रको सहयोगमा केरा चिस्यान घर–निर्माण गरिएको उक्त सहकारीका अध्यक्ष पूर्णसिंह साउदले बताए । “दुई सय दूध सङ्कलक र अन्य किसानसहित चार सय बढी शेयर सदस्य छन् ।” उनले भने, “व्यावसायिकरूपमा कृषि पेसामा आवद्ध किसान लाभान्वित छन् ।” यहाँस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले सहकारीका माध्यमबाट चार हजार कृषक कृषिमा जोडिएको बताए ।
“सहकारीमा आवद्ध सदस्यलाई कृषि उत्पादन र आत्मनिर्भर बनाउने विषयमा सहकारी सक्रिय छ”, उनले भने, “ऋण लगानीदेखि बचतसम्म गरिरहेका किसानलाई बीउविजनदेखि मलखाद हुँदै कृषि उपकरणमा सहयोगसमेत भइरहेको छ ।“कृषि उपकरणका लागि अन्य निकायसित पनि समन्वय गरेर वितरण गरिरहेका हुन्छौँ। कृषिसँग सम्बन्धित धेरै काम सहकारीले गर्दै आएको छ ।”
लालझाडी गाउँपालिका–३ पर्सियाका रेखा रानाले सहकारीबाटै ऋण लिएर च्याउ खेती गरिरहेको बताए ।“गाउँमै हामी महिलाले किसान समूह बनाएर बीउविजन उत्पादनदेखि बाख्रापालन र च्याउखेती गरिरहेका छौँ ।” उनले भने, “व्यवसाय गर्नेका लागि सहकारीको सहयोगले थप बल पुगेको छ । च्याउ खेतीबाट भएको आम्दानीले मासिक बचतका साथै घरखर्च पनि सामान्य रुपमा चलिरहेको छ।”
किसान समूहलाई वडा कार्यालय र दातृ निकायबाट पनि बेलाबेला सहयोग आइरहने भएकाले गृहणी महिला आत्मर्भिर पनि बन्दै गएका कृषक रानाले बताए । वर्षौसम्म भारतमा मजदूरी गरेका गाउँका युवा पनि अहिले गाउँमै तरकारी खेतीलगायत काममा लागेका र सहकारीले स्वरोजगार बनाउन पनि सहयोग पु¥याउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार र सहकारी पीडितबीच ८ बुँदे सहमति, आन्दोलन स्थगित
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार