कैलालीका महिला ‘ब्युटीसियन’ पेसामा आबद्ध
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २१:५१:२३
२६ माघ, टीकापुर । कैलालीमा सयौँ महिला ‘ब्युटीसियन’ पेसामा आबद्ध छन् । महिलाले सीप सिकेर ब्युटीपार्लर खोली आर्थिकरुपमा सफलता पाएका छन् । महिलाहरु आयआर्जनका कार्यमा लाग्दा परिवार व्यवस्थापनमा सहयोग पुगेको छ ।
कैलालीको लम्कीकी यशोदा मास्के जिसीले ब्युटीपार्लर खोलेको १५ वर्ष भयो । पन्ध्र वर्षमा उनी सीपमा दक्ष हुनुका साथै अरुका लागिसमेत प्रेरणाको स्रोत बन्दै आउएकी छिन् । सुरुमा रहरले यो पेसामा लागेकी मास्के आजभोलि सन्तुष्ट छिन् । “विगतमा गाह्रो थियो, अहिले राम्रो छ, आजभोलि पेसासँगै नयाँ बहिनीहरुलाई सिकाउने काम पनि गरिरहेकी छु”, उनले भनिन्, “यो पेसाले आत्मविश्वास बढाएको छ, जीवन पनि सहज बनाएको छ ।”
यही पेसाले आर्थिक अवस्थामा सुधार आएको उनको भनाइ छ । “दैनिक कमाइ हुन्छ, जसले घरखर्च चलाउन सहज भएको छ”, मास्केले भनिन्, “दिनभरि महिलालाई सिगार्ने पेसाले हामीलाई धेरै कुरा दिएको छ ।”लम्की चुहाकै तुल्सीदेवी न्यौपानेले साना बच्चा छाडेर यो सीप सिक्नुभयो । त्यो बेला साना बच्चा हुर्काउनु र अर्कोतिर सीप सिक्न निकै कठिन थियो ।
हाल आर्थिक अवस्था सुधार गर्न र बालबालिकामाथि लगानी गर्न यो पेसाले सहज बनाएको उनको भनाइ छ । “अहिले आफैँले कमाएर खर्च गर्न पाइएको छ, अरुसँग माग्नु परेको छैन”, उनी भन्छिन्, “यो पेसाले आर्थिक अवस्थामा सुधार ल्यायो, बालबच्चाका आवश्यकता पूरा गर्न सकिएको छ, आफू बेरोजगार हुनुपरेको छैन ।”
टीकापुरकी निता विष्ट रावलले बच्चा हुर्काएपछि खाली समय सदुपयोग गर्न ब्युटिपार्लर सिकिन् । सिकेको सीप व्यवहारमा उतारौँ भनेर यो पेसा अगालेकी निताले सुरुमा रु एक लाखबाट पार्लर सुरु गरिन् । उनले यही पसलबाट धेरै प्रगति गरेकी छिन् ।
“रु एक लाखबाट व्यवसाय सुरु गरे, हाल लाखौँको सामान छ”, रावलले भनिन्, “यो पेसाले आर्थिकरुपमा बजबुत बनायो, सामाजिक प्रतिष्ठा र आत्मविश्वाससमेत बढाएको छ ।” कैलालीकै गीता गिरीको बच्चैदेखि यही पेसामा लगाव थियो । यही पेसाले घरखर्च र बालबालिकाको शिक्षादिक्षामा लगानी गर्न सकिएको उनले बताइन् । “यो पेसामा रहर थियो, महिलाका लागि काम गर्न सजिलो पेसा पनि हो”, उनी भन्छिन्, “त्यसैले यो पेसा रोजेँ, राम्रो आम्दानी भइरहेको छ ।”
यस्तै पुष्पा रेग्मीले बेरोजगार भएपछि रोजेको यो पेसाले हाल उनलाई आर्थिक र सामाजिकरुपमा सन्तुष्टि दिलाएको छ । “केही गरौँ, आयआर्जनमा जोडिनुपर्छ भनी यो सीप सिके”, रेग्मीले भनिन्, ‘‘अहिले राम्रो हुँदै गएको छ, महिलाहरुलाई सेवा दिन पाइएको छ ।”
यसरी व्यवसाय गरिरहेका महिलालाई स्थानीय सरकार, ब्युटिसियनका सङ्घ संस्थालेसमेत सघाइ रहेकाछन् । उनीहरुको थप दक्षता वृद्धि, नयाँ सिक्न चाहनेलाई तालिमजस्ता कार्यक्रम भइरहेका टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसीले बताइन् ।
“नगरपालिकाले अहिले पनि तालिम सञ्चालन गरिरहेको छ, व्यवसाय गरिरहेकाहरुका लागि पनि गर्ने योजना छ”, केसीले भनिन्, “पालिकाले महिलालाई आयआर्जनका कार्यमा लगाउन विभिन्न सीपमूलक तालिम दिने, व्यवसाय गरेकालाई थप विस्तारका लागि सघाउने गरेका छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार
कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
बैशाख ६, २०८१ बिहिबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत
बैशाख ७, २०८१ शुक्रबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार