सशस्त्रको डीआईजी बढुवा सिफारिसमा माओवादीको छायाँ, श्रेष्ठ र गजुरेलका मान्छेलाई पहिलो र दोश्रो वरियता
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार १७:०:१९
२७ माघ, काठमाडौं । सशस्त्र प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्दा खुमलटार हावी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सचिवालयमा रहेका व्यक्तिहरुको दवावमा सशस्त्रको बढुवा सिफारिस भएको स्रोतको दावी छ । बुधबार साँझ गृह मन्त्रालयले निकालेको बढुवा सिफारिस सूचीमा नेकपा माओवादी नेताहरुसँग निकट रहेका एसएसपीहरुलाई पहिलो र दोस्रो नम्बरमा ल्याइएको छ ।
कार्यक्षमतामा अब्बल रहेका र कार्यसम्पादन मुल्यांकनमा सबैभन्दा बढी नम्बर भएपनि एसएसपी दीपेन्द्र शाहलाई दुई नम्बरबाट तेस्रो नम्बरमा धकेलिदिएका छन् भने तेस्रो नम्बरमा रहेका सुरेशकुमार श्रेष्ठलाई पहिलो र पाँचौ नम्बरमा रहेका अञ्जनीकुमार पोखरेललाई दोस्रो नम्बरमा ल्याइएको छ । श्रेष्ठलाई पहिलो नम्बरमा ल्याउनका लागि उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठ आफै लागेको स्रोतको दावी छ । त्यसैगरी पोखरेलका लागि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेल लागेका थिए । श्रेष्ठ र गजुरेलले बोकेका दुई एसएसपीहरु पनि अब्बल नै रहेको भएपनि वरियता नै मिच्नुपर्ने अवस्था भने नभएको सशस्त्र मूख्यालय स्रोतले जनाएको छ ।
उनीहरु दुवैभन्दा शाह नै कार्यक्षमतामा अब्बल रहेपनि उपप्रधानमन्त्री श्रेष्ठ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार गजुरेलको जोडबलमा श्रेष्ठ र पोखरेललाई अघि ल्याउदा शाह तेस्रो नम्बरमा धकेलिएका छन् । ‘श्रेष्ठ र पोखरेल बढुवा हुनुपर्ने एसएसपीहरु हुन तर शाहभन्दा अघिल्लो नम्बरमा आउनुपर्ने वा सशस्त्रमा वरियता मिचिनुपर्ने कारण र क्षमताचाहि होइन’,सशस्त्र प्रहरी मूख्यालयले भन्यो । तर उपप्रधानमन्त्री र प्रधानमन्त्रीकै मूख्य सल्लाहकारले दबाब दिए, आईजीपी राजु अर्याल र बढुवा समितिमा रहेका कर्मचारीले पनि उनीहरुको विपक्षमा निर्णय गर्न नसकेको स्रोतको दावी छ ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को ख बमोजिम बढुवा समितिको बुधबारको निर्णयअनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवा सिफारिस गरेको गृह मन्त्रालय बढुवा समितिको सचिवालयले जनाएको छ । यसैगरी हाल प्रवक्ता समेत रहेका पुरुषोत्तम थापा चौथो नम्बरमा थिए ।
उनी त्यही नम्बरमा बल्लतल्ल बढुवा भएका छन । उनी कार्यक्षमतामा निकै कमजोर प्रहरी अधिकृत हुन । विगतमा नेतृत्वको वरिपरी घुमेर बढुवा लिने गरेका थापाले यसपटक आईजीपी अर्यालको सचिवालयमा बसेर बढुवा लिन सफल भएका छन् । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समय उजुरी दिनसमेत आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा
बैशाख ४, २०८१ मंगलबार
सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार