बुस्टर डोजका लागि थप खोप आज नेपाल आइपुग्यो
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार २०:१४:१६
८ फागुन, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा ‘बुस्टर डोज’ का लागि थप खोप आज नेपाल आइपुगेको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ ‘गाभी’ ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।
उनका अनुसार खोप आज पनि तीन लाख ४५ हजार छ सय मात्रा खोप आएको हो । यसअघि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले नै खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।
आज खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ । उक्त खोप फागुन ११ र १५ गतेमा पनि ल्याइने छ । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
बाँकेको एक हर्बल उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल
बैशाख ६, २०८१ बिहिबार
पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार