१७ चैत्र २०७९, शुक्रबार
सहकारी

ललितपुर महानगरले गर्‍यो ३ बहुद्देश्यीयसहित १० सहकारी खारेज

प्रकाशित मिति :  १४ फाल्गुन २०७९, आईतवार १४:२१


१४ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ । महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्षभन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेको हो ।

महानगरपालिकाले २०७९ असार १५ मा एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरुबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएको महानगरका शाखा अधिकृत देवप्रसाद गुरागाँइले शनिबार एक सूचना प्रकाशन गरेर जानकारी दिएका छन् ।

खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि सूचनामा भनिएको छ । खारेज गरिएका उक्त सहकारी संस्थासँग कुनै किसिमबाट कारोबार नगर्न समेत भनेको छ ।

‘आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारणसभा र लेखा परीक्षण गर्नुपर्नेमा नगरिएकोले महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ६६ को (३) बमोजिम खारेज गरिएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘अब उप्रान्त उक्त संस्थाहरुको नामबाट कुनै पनि कारोवार नगर्नरनगराउनु हुन समेत जानकारी गराइन्छ ।


117
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा