आरजु राणाले भनिन्- ‘मलाई एकजनाले जर्साबहरूको इमेल देखाइदियाे, सबै टर्कीमा पुग्दाे रहेछ’
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार २१:३४:५३
१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको अभिलेख सुरक्षित नरहेको र डाटा टर्की पुग्ने गरेको दाबी बताएकी छन् ।
नेविसंघले मंगलबार ललितपुरमा आयोजना गरेको ‘अल नेपाल ह्याकाथन’ कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनले नेपाली सेनाका जर्नेलहरुको इमेल सजिलै हेर्न सकिने र त्यो टर्कीमा पुग्ने गरिएको पाइएको बताइन् । सरकारको कुनैपनि वेभसाइट सुरक्षित नरहेको र कुनैपनि बेला सामान्य तरिकाले पनि ह्याक गरेर सरकारी डाटा चोरी हुने बिगार्न सकिने अवस्थामा रहेको बताइन् ।
नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधिको विकास गर्नुपर्ने अवस्था जरुरी रहेको बताइन् । कमजोर सुरक्षाकै कारण ह्याकरहरुले केही हप्ता पहिले राहदानी विभाग र केही दिनपहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेभसाइट ह्याकमा परेको बताउँदै सरकारी वेभसाइटहरुको सुरक्षाबारे तत्काल कानून बनाएर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइन् ।
‘‘मैले त विश्वास नै गरेकी थिइनँ, तर हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो, एकजनाले जर्साबहरूको इमेलहरु देखाइदियाे मलाइ, सबै टर्कीमा पुग्दाे रहेछ, कस्तो अचम्मको कुरा’ राणाले भनिन, ‘भोलि हाम्रो सुरक्षासम्बन्धी गोप्य राख्नु पर्ने कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिदो रहेछ । नदेखिने साइबर वर्क गरिदिए पुग्ने रहेछ, कुनै कन्ट्रीलाई सटडाउन गर्दियो, त्यसपछि त सबै वेभसाइट बन्द ।’
साइबर सेक्युरेटीलाई पनि कसरी मजबुत बनाउने भन्नेमा सरकारले तत्कालै कदम चाल्न जरूरी रहेकाे भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्ने, नयाँ डिजाइन खोज्ने
बैशाख ५, २०८१ बुधबार
जर्मनीमा आइटीको अभाव सन् २०४० सम्ममा चौगुना हुने
चैत ३०, २०८० शुक्रबार
एप्पलको आइफोन मोबाइलमा जासुसी !
चैत ३०, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार