त्रिविका रजिष्ट्रार दाहालविरूद्ध सूचना आयोगमा उजुरी
नेपालबहस संवाददाता
फागुन १९, २०७९ शुक्रबार १७:१८:३४
१९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहाल विरुद्ध राष्ट्रिय सूचना आयोगमा उजुरी परेको छ । आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै त्रिविका आंगिक क्याम्पस धनकुटाको परीक्षा शाखामा कार्यरत भण्डारीले बुधबार उजुरी दिएकी हुन् ।
कर्मचारी भण्डारीले गएको माघ ५ गते बेथिती, अनियमितता रोक्न र सुधार गर्न आयोगले दिएको निर्देशन कार्यान्वयनमा बेवास्ता गरेको भन्दै जरिवाना कारबाहीका लागि उजुरी दिएकी हुन् । कर्तव्य पूरा नगरेको आरोपमा रजिष्ट्रारले भण्डारीलाइ निलम्वन गरेको थियो ।
तर आयोगले भण्डारीले क्याम्पसमा बेथिती, अनियमितता रोक्न र सुधार गर्न खोजेको हो भन्ने कुरा प्राप्त प्रमाण र कागजातहरुबाट पुष्टि भएको जनउँदै त्रिवि रजिष्ट्रारलाई भण्डारीको निम्लबन फुकुवा गर्न र यस अवधिमा प्राप्त गर्नुपर्ने पारिश्रमिक, सुविधा समेत उपलब्ध गराउन डेढ महिना अघिनै दिएको निर्देशन कार्यान्वयनमा रजिष्ट्रारले बेवास्ता गर्दै आएका थिए ।
भण्डारीले २०७७ फागुन १० गते क्याम्पसमा परीक्षार्थीको उत्तरपुस्तिका सट्टापट्टा भइरहेको तस्वीर खिचेर माथिल्लो निकायलाई बुझाउँदा परीक्षाको मर्यादाविपरीत काम गरेको भन्दै २०७७ चैत ४ गते त्रिवि कार्यकारी परिषदले भण्डारीलाई नै निलम्बन गरेको निर्णयसहित रजिष्ट्रार दाहालले पत्र काटेका थिए ।
भण्डारीले आफूले क्याम्पसमा बेथिती र लापरवाही रोक्न खोज्दा उल्टै त्रिविले पूर्वाग्रही बनेर निलम्बन गरेर त्रिविले गलत निर्णय गरेको बताउँदै आएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार