१७ चैत्र २०७९, शुक्रबार

विदेशमा बीमा कम्पनीकाे शाखा खोल्नबारे सुझाव संकलन

प्रकाशित मिति :  २१ फाल्गुन २०७९, आईतवार ११:४०


प्राधिकरणद्वारा आयाेजित कार्यक्रममा सहभागीहरू ।

२१ फागुन, काठमाडौं । विदेशमा पनि बीमा कम्पनीले शाखा खोल्न पाउने नियमावली बनाउने भएको छ । त्यसनिम्ति नेपाल बीमा प्राधिकरणकाले सुझाव संकलन कार्य सुरू गरेकाे छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा नियमावलीले समेट्नुपर्ने विषयहरू ७ दिनभित्र लिखित रूपमा पेस गर्न बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

उनले बीमा नियमावली, २०७९ को अन्तिम चरणमा रहेको बताए । त्यसनिम्ति बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)हरूलाई सहभागी गराइएकाे औपचारिकतामा सीमित कार्यक्रममा बोलाएर संस्थागत रूपमा लिखित सुझाव दिन निर्देशन दिएका हुन् ।

सुझाव प्राप्तपछि बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिइनेछ । त्यसपछि स्वीकृतिका लागि सरकारलाई बुझाइने जानकारी उनले दिए ।

शुक्रबार भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्य, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक पूजन ढुंगेल र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका (सिईओ)हरू सहभागी थिए ।


65
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा