रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व संकलन
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १९:२७:३७
२१ फागुन, तानसेन । नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम संकलन गरेको हो ।
पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्गत रहेको छ । विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले रानीमहलको सरसफाइ, सजावट र व्यवस्थापन गर्दै आएको छ । रानीमहल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको हो ।
नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीका अनुसार साउनदेखि माघसम्ममा ५० हजार बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन् । दैनिक दुई सय बढी पर्यटक भित्रिने गरेका छन् । गत वर्ष रु सात लाख टिकट बिक्रीबाट आम्दानी गरेको नगरपालिकाले यस वर्ष सात महिनामै तेब्बर लक्ष्य पूरा गरेको छ । “विगतका वर्षमा नगरपालिकाले ठेक्का प्रक्रिया अपनाउँदा थोरै राजस्व संकलन गरेको थियो”, प्रवक्ता कार्की भन्छन्, “यस वर्षदेखि नगरपालिका आफैँले कर्मचारी परिचालन गरी व्यवस्थापन गर्दा राजस्व वृद्धि गरेको हो ।”
नगरपालिकाको शिरले चिनिने अर्को महत्वपूर्ण पर्यटकीयस्थल श्रीनगर हो । यो वनभोजस्थल पनि हो । पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, कपिलवस्तुबाट यहाँ वनभोज मनाउन आउनेको घुइँचो लाग्ने गर्दछ । चालु आवको सात महिनामा ७० हजार बढी पर्यटकले श्रीनगरको अवलोकन गरेका छन् । शान्त, मनोरम र स्वच्छ हावापानीको आनन्द लिन पर्यटक यहाँ आउने गर्दछन् ।
श्रीनगर अवलोकनबाट नगरपालिकाले रु १५ लाख राजस्व सङ्कलन गरेको छ । यहाँ नगरपालिकाले खानेपानी, विद्युत् तथा सरसफाइको व्यवस्थापन गरेको छ । श्रीनगरको नगरपालिकाले व्यवस्थापन र प्रचारप्रसारले पर्यटकको सङ्ख्या बढेको नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले बताए। चालु आवदेखि नगरपालिका आफँैले श्रीनगर व्यवस्थापन गर्न थालेपछि राजस्व वृद्धि भएको हो ।
नगरपालिकाले रानीमहल दरबार अवलोकनका लागि रु ५० तोकेको छ । सार्क देशका लागि रु ८० र अन्य मुलुकका नागरिकले रु एक सय ५० तिरेर दरबारको अवलोकन गर्ने गरेका छन् । त्यस्तै श्रीनगर अवलोकनका लागि रु २० लिने गरिएको छ । नगरपालिकाभित्र रानीमहल र श्रीनगरका साथै भगवती मन्दिर, अमरनारायण मन्दिर, सित्तलपार्टी, मूल ढोका, पाल्पा दरबार, ऋषिकेश मन्दिरलगायतका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल पर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार
वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व संकलन
बैशाख ४, २०८१ मंगलबार
राजश्व छलीमा शारडा समूहका दुई कम्पनीमाथि राजश्व अनुसन्धान इटहरीले सुरु गर्यो कारवाही
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
बैशाख ६, २०८१ बिहिबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार