२८ फागुन,काठमाडौं । मुलुकमा रेमिट्यान्स भित्रिने दरमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ८९ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको जनाएको छ ।
आइतबार ७ महिना (साउन-माघ)सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको हो ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ दशमलब १ प्रतिशतले बढी हो । अमेरिकी डलरका आधारमा यस्तो विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिको तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने संख्या ३,१४,७६७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १,६७,७०८ पुगेको छ ।
नयाँ स्वीकृति लिने दर ५७ दशमलब ३ र पुन: स्वीकृति लिने दर १० दशमलब प्रतिशतले बढेको समेt राष्ट्र बैंकले जनाएको छ ।