१७ चैत्र २०७९, शुक्रबार

ब्याजदर घटाउन माग गर्दै आज पनि उद्योगी व्यवसायी सडकमा

प्रकाशित मिति :  २९ फाल्गुन २०७९, सोमबार १३:५१


२९ फागुन, काठमाडौं । बैंक र लघुवित्तको ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले आज पनि राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् ।

बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा जम्मा भएर उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । ब्याजदर महँगो भयो, प्रिमियम दर नियन्त्रण गर्नु पर्ने तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनु पर्ने जस्ता ब्यानर बोकेर उद्योगी व्यवसायीहरुले सडकमा धर्ना बसेका थिए ।

उनीहरुले बैंकले ब्याज आतंक मच्चाएर पेशा र व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुर्याएको भन्दै बाँच्नै मुश्किल बनाएको बताए । प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधि, मोरङ व्यापार संघ र विभिन्न जिल्ला तथा नगरका व्यवसायी संघमा आवद्ध व्यवसायी, यातायात व्यवसायी तथा घरेलु उद्यममीहरु समेत सहभागी छन् ।

माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ । उनीहरूले हिजाे माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।


39
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा