१६ चैत्र २०७९, बिहीबार

मर्ज प्रक्रियामा प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो एजीएम

प्रकाशित मिति :  २९ फाल्गुन २०७९, सोमबार १३:३३


२९ फागुन, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चैत १६ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा दियालो लर्डस् प्लाजा, वीरगञ्ज पर्सामा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

हाल प्रुडेन्सियल इन्स्योरेन्स आईएमई जनरल इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । मर्जरका लागि दुई कम्पनीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति पनि दिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा कम्पनीले पेस गर्नेछ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुक क्लोज गर्नेछ भने उक्त सभामा चैत २ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र भाग लिन र लाभांश पाउन सक्नेछन् ।


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा