१७ चैत्र २०७९, शुक्रबार

बिकास बैंकहरुले घटाए ब्याजदर, भोली देखी लागु हुने

प्रकाशित मिति :  ३० फाल्गुन २०७९, मंगलवार ०८:३७


३० फागुन, काठमाडौं । बदलिदो परिस्थीतिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमवार बसेको बैठकले चैत १ अर्थात देखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०।२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।

जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११।६० प्रतिशत कायम गरिएको छ भने एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११।५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ । उता, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९।५० र रेमिट्यान्समा १२।५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

 


104
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा