१७ चैत्र २०७९, शुक्रबार
वित्तीय अपराध

लघुवित्तबिरुद्ध ठगिको आरोपसहित ऋण मिनाहको माग गर्दै प्रदर्शन

प्रकाशित मिति :  ३० फाल्गुन २०७९, मंगलवार १५:५९


३० फागुन, काठमाडौं । लघुवित्तको कारोबार गर्दै आएका वित्तीय संस्थाहरुले गरेको ठगिबिरुद्धको आन्दोलन चर्किएको छ । देशका विभिन्न लिल्लाबाट सुरु भएको अन्दोलन काठमाडौं केन्द्रित हुन थालेको छ । देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका पिडिहरुले संयुक्त आन्दोलन घोषणा गरेर विरोध जनाइरहेका छन् । सरकारले उनीहरुलाई वार्ताद्वारा समस्यको समाधान खोज्न आग्रह गरेपनि पिडितहरुले आन्दोलन नरोक्ने बताएका छन् ।

लघुवित्त संस्थाहरूले विपन्न किसानहरूलाई ठगी गरेको भन्दै त्यसविरुद्ध पीडितहरूको संघर्ष समितिले मंगलबार पनि संघीय राजधानीमा प्रदर्शन गरेको छ । मंगलबार देशभरका लघुवित्तका ऋणी तथा पीडितहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नेपालको अगुवाइमा ९ बुँदे माग राख्दै लघुवित्त ऋणी तथा पीडितहरू आन्दोलित भएका हुन् ।

लघुवित्त संस्थाहरू खारेज गर्दै सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनुपर्ने पनि उनीहरूले माग राखेका छन् । साथै विपन्न किसानहरूका ऋण मिनाहा गरिदिनुपर्ने उनीहरूले बताएका छन् । यस्तै विपन्नहरूलाई निःशुल्क (बिनाब्याज) ऋण उपलब्ध गराउनुपर्ने, लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने लगायतका ९ बुँदे योजनासहितका माग उनीहरूले अगाडि सारेका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा लघुवित्त संस्थाहरूले विपन्न किसानलाई ठगी गरेका समाचार आइरहेका छन् ।


143
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा