राष्ट्र बैंकले भन्यो:- क्रिप्टोकरेन्सी वित्तीयरुपमै जोखिमपूर्ण छ, प्रयोगमा ल्याउन सकिदैन

क्रिप्टोकरेन्सी (Crypto currency) शब्द दुई वटा अंग्रेजी शब्द जोडिएर बनेको छ। क्रिप्टो अर्थात गुप्त वा गूढ र करेन्सी अर्थात मुद्रा। अतः शाब्दिक रुपमा पनि क्रिप्टोकरेन्सी भन्नाले विनिमयका माध्यमका रुपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। सिक्का र नोटहरुको जस्तो यसको भौतिक अस्तित्व रहँदैन।