सडक निर्माणले स्थानीयवासीको मुहारमा खुशी
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १८:६:४३
१ चैत, गोलबजार । सिरहाको लहान नगरपालिका–९ बसहाजोरीदेखि बेतहासम्म सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । यस उत्तरी दुर्गम भेगमा मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु चार करोड ८० लाख ८५ हजारको लागतमा उक्त सडक निर्माण भइरहेको छ ।
एक निर्वाचन क्षेत्र एक पिच सडक कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ ९१० मा निर्माण हुन लागेको उक्त सडक यसै आर्थिक वर्षमा सक्ने गरी काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर रामदेव खड्काले बताए ।
अहिले यहाँ साढे तीन किलोमिटर लामो र ३० फिट चौडाइको सडक निर्माण भइरहेको छ । तीन हजार चार सय मिटर सडकमध्ये नौ सय मिटर आरसिसी ढलान र दुई हजार छ सय मिटर अस्फालट कङ्क्रिटसहितको सडक बनाउन माटो सम्याउने कार्य भइसकेको र छवटा स्ल्याबसहित कल्र्भटको कार्य अन्तिम चरणमा रहेकोे उक्त कार्यालयका इन्जिनियर रुद्धनारायण पण्डितले बताए । सो सडकको ठेक्का चितवनको ओएसिस इन्जिनियर एन्ड बिल्डर्सले पाएको छ ।
हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे रहने उक्त सडकखण्ड निर्माण भइरहेको देखेर स्थानीयवासी खुसी भएका छन् । बाटोको अभावमा दुर्गम क्षेत्रका रुपमा परिचित यो क्षेत्रमा अब सडक निर्माणले सुगममा परिणत हुने लहान नगरपालिका–९ का वडाअध्यक्ष धुव्र चौधरीले बताए ।
सडकको अभावमा आपत बिपतको बेलामा समयमै बारुद्धयन्त्र वा एम्बुलेन्स बोलाउन सपना जस्तै भएको थियो तर अहिले सडक निर्माण भएपछि सहज भएको स्थानीयवासी श्याम सदायले बताए ।सडक निर्माण भएपछि सार्वजनिक सवारीसाधनका रुपमा तीन पाङ्ग्रे टेम्पु आउन थालेको स्थानीयवासी रीता चौधरीले उल्लेख गरिन ।
लहान नगरपालिका–१५ मा अवस्थित धार्मिकस्थल पञ्चावती राजदेवी मन्दिर तथा सोही वडामा रहेका हात्तीदह र दह सिमसार पर्यटकीय क्षेत्र जाने मुख्य बाटो समेत भएकाले यहाँ आन्तरिक पर्यटक बढ्नसक्ने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार