१७ चैत्र २०७९, शुक्रबार

त्रिवि केन्द्रीय क्याम्पसकाे सभापतिमा १२ प्रतिस्पर्धी, नेविसंघका जाेशी स्वतन्त्र उम्मेदवार

प्रकाशित मिति :  १ चैत्र २०७९, बुधबार १३:४०


१ चैत, काठमाडौं । यही चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको अध्यक्षमा १२ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्रिवि स्ववियुका लागि सभापतिदेखि विभिन्न पदाधिकारी एवम् सदस्यसम्ममा ६२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका निर्वाचन अधिकृत प्राडा रमेशकुमार श्रेष्ठले बताए । त्रिवि अन्तर्गतको सभापति पदमा १२ जनाको उम्मेदवारी परेको उनले बताए ।

सभापतिमा नेपाली कांग्रेस निकटका नेपाल विद्यार्थी संघबाट रामराज ओझा, नेकपा (उकीकृत समाजवादी(बाट प्रकाश विष्ट, नेकपा (माओवादी केन्द्र)बाट विपिन विक लागतय छन् । नेविसंघमा आवद्ध रहेका भूगर्भशास्त्रका विद्यार्थी दीपकराज जोशी स्ववियु निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार बनेका छन् ।

सभापतिका उम्मेदवार सबैले त्रिवि र क्याम्पसलाई नियमित क्यालेण्डर बनाउन र क्यालेण्डअनुसार पढाइ र परीक्षा संचालनलाई प्राथमिकतामा राखेका छन् । सभापति पदका लागि १४ जनाको उम्मेदवारी परेकाेमा २ जनाले फिर्ता लिएका थिए ।


39
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा