छड्के अनुगमनमा भेटिए अधिकांश मासु पसल मापदण्डविपरीत
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २०:४२:२४
१ चैत, गुल्मी । गुल्मीका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन् । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
उक्त केन्द्रका प्रमुख डा भरत काफ्लेको संयोजकत्वमा अनुगमन समिति गठन गरी रेसुङ्गा नगरपालिका–१ र २ मा दुई दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश मासु पसल दर्ता नगरिएको तथा दर्ता गरिएका पसल पनि नियमित नवीकरण नगरिएको भेटिएका उनले बताए ।
अनुगमनका क्रममा मासु, तरकारी, दूध तथा फलफूल एकै ठाउँमा राखेर बिक्री वितरण गर्ने गरेको, मासु बिक्री गर्ने स्थान सफा नगरिएको, जाली तथा सिसा नलगाई मासुलाई खुल्लारूपमा राख्ने गरेको भेटिएको थियो । तेइस सूचकाङ्कलाई आधार मानी गरिएको निरीक्षणमा मापदण्ड विपरीत खोलिएका पसललाई पहिलो पटक सुधार गर्नका लागि तत्कालै निर्देशन दिइएको उनले बताए ।
पसल सुधारका लागि आवश्यकमापदण्ड कायम गर्न र अनुगमनका क्रममा संलग्न प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको प्रमुख काफ्लेले बताए । अनुगमन टोलीले आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड नगर्न व्यवसायीलाई आग्रहसमेत गरेको थियो ।
अनुगमन टोलीमा उक्त केन्द्रका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु, करदाता सेवा कार्यालय, नगरपालिका, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ र मासु व्यवसायी समितिका पदाधिकारीको प्रतिनिधित्व थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार