१६ चैत्र २०७९, बिहीबार

नेपाली श्रमिकलाई गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृतिकाे व्यवस्था

प्रकाशित मिति :  १ चैत्र २०७९, बुधबार १७:५६


१ चैत, काठमाडौं । सरकारले पुनः श्रमस्वीकृति अब गन्तब्य मुलुकबाटै जारी गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीस्तरीय निर्णयबाट यस्तो व्यवस्था गरिएको हो ।

निर्णयले श्रमिकले लामो समयदेखि झेल्दै आएका समस्या समाधान हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भनाइ छ । पुनः श्रमस्वीकृति लिन श्रमिकहरु नेपाल आउनुपर्ने बाध्यता रहेको थियो । मलेसियाबाहेकका मुलुकमा दुई वर्षे करारपत्र पूरा भएपछि कामदारले पुनः श्रमस्वीकृति गर्नुपर्ने बाध्यकारी प्रावधान थियो ।

कामदारले धेरै झैझमेला मोल्नुपर्ने भएकोले सम्बन्धित मुलुकबाटै कार्य अनुमति र रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सरकारले बनाएको ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’ अन्तर्गत वैदेशिक रोजगारका लागि विभिन्न देश पुगेका नेपाली कामदारले विदेशबाटै बैकिङ र मोबाइल एपबाट नेपालका खातामा पैसा जम्मा गर्न सक्ने व्यवस्था समेत गरिनेछ ।

साथै, विदेशमा कार्यरत नेपाली श्रमिकले पुनः श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएमा मृत्यु भएका बखत पाउने राहत, उद्दार लगायतका सुविधा कानुनबमोजिम उपलब्ध गराउने सम्बन्धी पनि सहज व्यवस्था गरएिको जनाइएको छ ।


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा