१७ चैत्र २०७९, शुक्रबार

कुमारी बैंकको आकर्षक योजना : मुद्दती खाता खोल्दा प्रिमियम बैंकले नै तिरिदिने

प्रकाशित मिति :  १ चैत्र २०७९, बुधबार १८:३७


१ चैत, काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितकोे थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त हुनेछ ।

नेपालमै पहिलो पटक जीवन बीमा सुविधा सहितकोे मुद्दती निक्षेप योजना सार्वजनिक गरेको यस बैंकले कुमारी जीवन बिमा २X मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको अवधिक जीवन बिमा सुविधा वापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्नेछ ।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युनतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैया सम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुनेछ । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्सुरेन्स कम्पनी रहेको छ ।

मुद्दती निक्षेप तथा जीवन बीमा दुबै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिदै आएका छन् । कुमारी बैंकले पहिलो पटक यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै लग्ने प्रतिबद्धता जनाएको छ ।


130
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा