१७ चैत्र २०७९, शुक्रबार

पाँच जिल्लाका विपन्नलाई निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार १५:२३


२ चैत, दैलेख । दैलेखमा सुरु गरिएको निःशुल्क शिविरबाट दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका ७५ जना विपन्न नागरिकले सेवा लिएका छन् । शिविरमा हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार दुई सय ३१ जना बिरामीले निःशुल्क सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले निःशुल्क उपचार सेवा प्रदान गरेको हो ।

आर्थिक अभावले काठमाडौँसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै दैलेखमा निःशुल्क शिविरको आयोजना गरिएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिए ।

शनिबारदेखि सुरु भएको शिविरमा विशेषज्ञ डाक्टरद्वारा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको विशेषज्ञ डाक्टर मुक्ती तिमिल्सेनाले बताए ।

शिविरमा विदेशी विशेषज्ञ क्याट्रिना हेगेन, नेपालका छ जना विशेषज्ञ डाक्टरसहित १८ जनाको टोलीले दैलेखमा निःशुल्क सेवा प्रदान गरेको हो । दैलेखमा समाधान हुन नसकेका कतिपय बिरामीलाई काठमाडौँमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने विशेषज्ञ क्याट्रिना हेगेनले बताए। आर्थिक अभाव र दुर्गम भएकै कारण उपचार गर्न नपाएका नागरिकका लागि शिविरले प्रदान गरेको सेवा निकै प्रभावकारी देखिएको छ ।


65
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा