१७ चैत्र २०७९, शुक्रबार

अधिकार सम्पन्न अनुगमन समिति तत्काल गठन गर्ने उपभोत्ता संरक्षण महासंघको माग

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार ०९:४४


smart

३ चैत, काठमाडौंं । आमउपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहिन÷अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गर्ने र सुशासन कायम गर्ने कार्य गदै आएको नेपाली उपभोत्ता संरक्षण महासंघले तत्काल अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न माग गरेको छ ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले सरकारी अनुगमन समितिको प्रभावकारीतामा प्रश्न उठाए । उनले अधिकारसम्पन्न अनुगमन समिति गठन हुनुपर्ने र उपभोक्ताहरुको अलग्गै मन्त्रालय गठन हुनुपर्ने धारणा राखे ।

अध्यक्ष साउदेले उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरण लगायतको कार्यमा सरकार र सम्बन्धीत निकाय शशक्त रुपमा लाग्न नसकेको छुटै उपभोक्ताहरुको अलग्गै मन्त्रालय गठन गर्न माग गरे ।

नेपाली उपभोता संरक्षण महासंघका प्रवत्ता लुमडी कार्कीले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी बस्तुको निर्मुलिकरण गरी सर्ब–साधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघ लागिपरेको बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा भएको कार्यक्रममा मुख्य सचिव मधुसुधन मरासैनि, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, विभिन्न मन्त्रालयका सचिव, उपभोक्ता अधिकारकर्मी लगायत सहभागी रहेको थियो । विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ ।


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा