छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को भब्य सुभारम्भ
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार १७:४१:१०
३ चैत, काठमाडौं । छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को काठमाडौं स्थित सिभिल मलबाट भब्य सुभारम्भ भएको छ । ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ सुरु भएको ‘निफ’मा ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने छन् । ५० भन्दा बढी विदेशी फिल्मकर्मीले महोत्सवको उद्घाटन समारोहमा सहभागिता जनाएका थिए । महोत्सव ६ गतेसम्म चल्ने छ ।
कार्यक्रममा विशेष अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपालकालागि चाइनाका राजदुत छन् सोङ, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, निफका संयोजक यादव भट्टराई, निफका अध्यक्ष केपी पाठकले मन्तब्य राखेका थिए ।
फेष्टिभल उद्घाटन समारोहमा भारत, ब्राजिल, युरोपियन युनियनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिकारुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भनिएपनि अन्तिम समयमा उनले असमर्थता जनाएका थिए ।
चलचित्रको प्रदर्शन त्तँह् सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् । महोत्सवका प्रतियोगी चलचित्र माथि उल्लेखित हलमा चलचित्र प्रदर्शन हुनेछन् भने सम्पूर्ण सेसनहरु भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सञ्चालित हुनेछन् ।
छैटौं निफको ‘ओपनिङ फिल्म’को रुपमा केरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन भएको छ । त्यसैगरी माथि उल्लेखित सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक 'भिडियो'
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार