१७ चैत्र २०७९, शुक्रबार

प्रभु बैंकको पीओएस मार्फत् अतिरिक्त बैंकिङ सेवा सञ्चालन

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १२:०२


३ चैत, काठमाडौं । प्रभु बैंक लिमिटेडले एटीएम सेवा नभएका ठाउँमा पीओएस मार्फत् बैंकिङ सेवा सुरु गरेको छ । बैंकले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटीएम सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै पीओएस मेसिनबाट सेवा दिने भएको हो ।

पीओएस मेशिनको माध्यमबाट ग्रीन पीन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा उपलब्ध हुनेछन् ।

विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम ९नेप्स०सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

पीओएसमार्फत विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी बैंकका सम्पूर्ण ग्राहकले अधिकतम लाभ लिने प्रभु बैंकले विश्वास लिएको छ।


169
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा