१७ चैत्र २०७९, शुक्रबार

राइनास नगरपालिकाको साढे १६ करोड खर्च

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १२:२३


३ चैत, लमजुङ । लमजुङको राइनास नगरपालिकाले साढे १६ करोड खर्च गरेको छ । नगरसभामा उपप्रमुख पुष्पराज खनालले अर्ध वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै राइनास नगरपालिकामा चालु आर्थिक वर्षमा हालसम्म १६ करोड ५३ लाख ८८ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।

उनका अनुसार चालु आवका लागि ३८ करोड २० लाख ४ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो । उनले भने हामीले पारित गरेका योजनाहरु अधिकांशको सम्झौता भएको र धेरैजसो योजनाको आधाभन्दा बढी काम भइसकेको छ ।

उनले भने, ‘यो वर्षका योजना १५ प्रतिशत सम्पन्न भएका छन्, नगरपालिकाले विनियोजित रकम समयमै सम्पन्न गर्ने गरी काम अघि बढाएको छ, यो काम हुन्छ ।’


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा