३ चैत, काठमाडौं । राष्ट्रपति पदमा बहाली रहँदा विभिन्न कारणले आलोचित बनेकी निर्वतमान राष्ट्रिपति विद्यादेवी भण्डरी कार्यकाल सकेर घरफर्किएपछि पनि आलेचित भइरहेकी छन् । उनले राष्ट्रपतिबाट विदा लिएपछि हस्तान्तरण गर्नुपर्ने राष्ट्रपति कार्यलयको आधिकारिक ट्वीटर अकाउन्टलाई निजि अकाउन्टमा परिणनत गरेपछि उनको यतिबेला सर्वत्र आलोचना भइरहेको छ ।
कानुनत उनले राष्ट्रपति कार्यलयको ट्वीटर अकाउन्ट नयाँ राष्ट्रपतिलाई आधिकारिक रुपमा हस्तान्तरण गर्नुपर्ने थियो । तर, भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएकी छन् । एउटा ट्वीटर अकाउन्टसमेत हस्तारन्तरण गर्न नसकेकी निर्वातमान राष्ट्रपति भण्डारीले अरु कति विषयहरुलाई आफ्नो निजि बनाउको होला भन्दै सामाजिक अभियान्ताहरुले प्रश्न उठाएका छन् ।
हालका राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको शपथ लिएपछि व्यक्तिगत ट्वीटर ह्याण्डल चलाउँदै आएका छन् । यसअघि भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP थियो भने यसलाई भण्डारीले @BidyaDBhandari मा रुपान्तरण गराएकी छन् । उनले निजि बनाएको अकाउन्ट भेरिफाइड समेत भएको छ । उनले निजि बनाएको ट्वीटर अकाउन्ट राष्ट्रपति कार्यालयको आधिकारिक अकाउन्ट हो ।
उता, चैत २५ मा राष्ट्रपतिमा निर्वाचित भएका राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर अकाउन्ट हस्तान्तरण नहँदा निजिबाट काम चलाइरहेका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल २५ गते निर्वाचित भएका थिए । २९ फागुनमा उनले शपथग्रहण गरेका थिए । सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन् । उनले सोही दिन राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर अकाउन्ट हस्तान्तरण गर्नुपर्नेमा नगरी फर्किएकी थिइन् ।
भण्डारीले निजि बनाएको ट्वीटर अकाउन्टमा २५ हजार फलोअर्स छन् । जसलाई निजि बनाएर भण्डारीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टीमलाई बधाईसमेत दिन भ्याएकी छन् । राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको सामाजिक सञ्जाल र राजनीीतक तहमा नै आलोचना भइरहेको छ । उनलाई राष्ट्रपतिको कार्यालयमा प्रयोग भइरहेको अफिसियल अकाउन्ट दुरुपयोग गरेको आरोप पनि लगाइएको छ ।
कतिपय सामाजिक सञ्जाल प्रयोग कार्ताहरु भण्डारीलाई त्योभन्दा धेरै फ्लोअर भएका ट्वीट अकाउन्ट उपहार दिने पनि बताएका छन् । उनलाई राष्ट्रपति बनाउने नेकपा एमालेका धेरै जसो कार्यकर्ताले पनि निवार्तमान राष्ट्रपति भण्डारीको आलाचना गरेका छन् । उनीहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वा मन्त्रालयले प्रयोग गर्दै आएको सामाजिक सन्जालको विवरण पनि राष्ट्रिय सम्पत्ति हुने भएकाले त्यसलाई हस्तान्तरण नगरेर भण्डारीले आफ्नो वास्तविक हैसियत देखाएको बताएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले भने आफ्नो ट्वीटर ह्याण्डल संशोधन गरेका छन् । यसअघि कांग्रेस नेता हुँदासम्म एनसी पौडेल नेपाल ट्वीटर ह्याण्डल रहेकोमा राष्ट्रपति निर्वाचित भएपछि त्यसलाई संशोधन गरी आरसी पौडेल नेपाल लेखिएको छ । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रयोग गर्दै आएको प्रधानमन्त्री कार्यालयको ट्विटर ह्यान्डल त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिएनन् । यसैलाइृ आधार बनाएर भण्डारीले पनि ट्विटर अकाउन्ट नयाँ राष्ट्रपतिलाई हस्तान्तरण नगरेको अनुमान गरिएको छ ।