१६ चैत्र २०७९, बिहीबार

टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज अफर

प्रकाशित मिति :  ४ चैत्र २०७९, शनिबार ०६:०९


४ चैत, काठमाडौं । विगतदेखि नै ग्राहक वर्गको रुचि एवं चाहना अनुरुपका विभिन्न अफरहरू उपलब्ध गराइरहेको नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुने गरी नयाँ अफरका रूपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ । रु ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।

“प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ”, प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।


247
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा