१७ चैत्र २०७९, शुक्रबार

पहिलो पटक देखियो बुरून्डीमा पोलियो संक्रमणको प्रकोप

प्रकाशित मिति :  ४ चैत्र २०७९, शनिबार ०६:५७


४ चैत, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ ले तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको संक्रमण देखिएको बुरुन्डीले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा नमुना–२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ ।

बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् ।

अन्य पाँच वटा नमुना–२ पोलियोको भाइरस फोहोर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ । पोलियो एक संक्रमण रोग हो । यसले स्नायु प्रणालीलाई ससंक्रमित गर्दछ र अपरिवर्तनीय पक्षाघात निम्त्याउन सक्छ ।

यसले मुख्यतया साना केटाकेटीहरूलाई हानि पु¥याउँछ । तर यसको रोकथाम अत्यधिक प्रभावकारी र धेरै सस्तो खोपको प्रयोगबाट रोक्न सकिन्छ ।

डब्ल्यूएचओका क्षेत्रीय अफ्रिका निर्देशक मात्शिडिसो मोएतीलाई उद्धृत गर्दै एक विज्ञप्तिमा बुरुन्डीले तीव्र गतिमा संक्रमण पत्ता लगाउनुले देशको रोग निगरानीको प्रभावकारितालाई दर्शाएको बताएका छन ।

उनले भने, “हामी कुनै पनि बच्चा छुट्न नपरोस् र पोलियोको कमजोर प्रभावको कुनै जोखिम नहोस् भनेर सुनिश्चित गर्नका लागि पोलियो खोपलाई बढावा दिने राष्ट्रिय प्रयासलाई सहयोग गरिरहेका छौँ ।


78
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा