१७ चैत्र २०७९, शुक्रबार

त्रिचन्द्रमा प्रहरी र विद्यार्थीबीच झडप

प्रकाशित मिति :  ४ चैत्र २०७९, शनिबार १३:१९


४ चैत, काठमाडों । काठमाडौको त्रिचन्द्र क्याम्पस परिसरमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि नेपाल विद्यार्थीसंघले यसको विरोधमा आन्दोलन गरेपछि भिड नियन्त्रण गर्ने क्रममा विद्यार्थी र प्रहरी विच झडप भएको हो ।

नेविसंका अनुसार मनोनयन पत्र वितरण भई रहेको अवस्थामा निर्वाचन अधिकृतलाई भगाएको र तालाबन्दी गरेको भन्दै आन्दोलन भइरहेको ठाउँमा प्रहरी आएर विद्यार्थीलाई लाठि चार्च गरी केहीलाई घाईत बनाएको बताएका छन ।

विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन भोलि हुँदैछ । भोलि देश भरीका क्याम्पसमा विहान ८ बजे देखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनको मतदान हुँदैछ । निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।

प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।


507
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा