१७ चैत्र २०७९, शुक्रबार

दक्षिण अफ्रिकामा दादुरा संक्रमितको संख्या ७६६ पुग्यो

प्रकाशित मिति :  ४ चैत्र २०७९, शनिबार १४:२६


४ चैत, एजेन्सी । दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान ‘एनआईसीडी’ ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ। ‘पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा दादुराको प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको’ एनआईसीडीले विज्ञप्तिमार्फत जनाएको छ ।

संक्रमितहरू मध्ये ४२ प्रतिशतभन्दा बढी बालबालिकाहरू रहेका छन् । सरकारले सबै जनतालाई आफ्ना बालबालिकाहरूलाई दादुरा विरुद्धको खोप लगाउन अनुरोध गरेको छ । दादुरा संक्रमणका प्रमुख लक्षणहरूमा उच्च ज्वरो, खोकी, आँखा रातो हुने र नाक बग्ने लगायतका रहेका छन् ।


143
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा