साम्य भयो ओली र देउवाको कुर्सीको विवाद: सत्ता पक्षमा कांग्रेस, प्रतिपक्षमा एमाले
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार १९:५१:४६
५ चैत, काठमाडौं । प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षको कुर्सी विवाद आजबाट समाधान भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिपक्षको कुर्सीमा को बस्ने भन्ने विवाद आउँदा सभामुख देवराज घिमिरेले फागुन १७ गते डाकिएको प्रतिनिसिभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गराएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेस प्रतिपक्षको बेन्चमा बसेपछि सरकारबाट बाहिरएको एमाले पनि प्रतिपक्षको बेन्चमा नै बस्न आउने भएपछि विवाद आएको थियो ।
संसदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई प्रतिपक्षी दलको नेताको दावी गरेपछि कांग्रेस र एमाले दुवै दल प्रतिपक्षको कुर्सीमा बस्ने अडानमा बसेका थिए । यसैकारण बैठकमा विवाद आउने भन्दै फागुन १७ गते प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । आइतबार विहान बसको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेपछि आजबाट प्रतिनिधिसभामा कांग्रेस र एमालेको आसन फेरिएको हो । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावपछिको अधिवेशनमा कांग्रेस प्रतिपक्षमा र नेकपा एमाले सत्तापक्षमा बस्दै आएका थिए ।
पुस ७ गते भएको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा कांग्रेस, माओवादी लगायतका दलहरु सत्तापक्षको बेञ्चमा बसेका थिए । तर, पुस १० गते एमाले र माओवादी मिलेर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वका सरकार बनेपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो । अहिले कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा पनि सहभागि हुँदैछ । राष्ट्रपति चुनावअघि फेरि सत्ता समीकरण फेरिएर कांग्रेस नेतृत्वमा अर्को गठबन्धन बनेको छ । राष्ट्रपतिमा नेकपा माओवादीले कांग्रेसलाई सघाउने भएपछि पुष १० को सहमति तोडिएको भन्दै ओलीले एमालेका मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए ।
नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रतिपक्षमा बस्नेको विवाद चुलिएको थियो । विचमा लोमा समय स्थगित गराएर आजबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा यो विवाद केहि समयका लागि हल भएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमाले पहिलो पटक प्रतिपक्षी बेन्चमा बसेको छ । एमालेसँगै राप्रपा पनि प्रतिपक्षी बेन्चमा बसेको छ । प्रतिनिधिसभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दाँयातर्फ रहने व्यवस्था गरिएको छ ।
नेपाली कांग्रेस र एकीकृत समाजवादी आजबाट सत्तापक्षको बेन्चमा बसेका छन् । यी दुबै दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । नेपाल मजुर किसान पार्टीले पनि प्रतिपक्षको माग गरिरहेको थियो । उ सुरु बाट नै प्रतिप्रक्षामा बस्दै आएको छ । नेमकिपाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि सहभागिता जनाएको थिएन भने उसले पनि सरकारलाई श्विासको मत दिएको थिए । भोली प्रधानमन्त्रीले लिने विश्वासको मत पनि उसले नदिने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार