मनाङ–मस्र्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार २२:३४:५३
५ चैत, मनाङ । एक सय ३५ मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाको निर्माणले तीव्रता पाएको छ । हिउँद सकिएसँगै मौसम अनुकूल भएपछि निर्माणले तीव्रता पाएको हो । कोरोना सङ्क्रमणका कारण ढिला गरी निर्माण थालिएको जलविद्युत आयोजनाको निर्माण पुस अन्तिम साताबाट प्रारम्भ गरिएको हो ।
आगामी चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी एक नेपाली र तीन चिनियाँ कम्पनीको साझेदारीमा जलविद्युत् आयोजना निर्माण सुरु भएको बुटवल पावर कम्पनीका कोअर्डिनेटर प्रतिक महर्जनले बताए।
आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले जिम्मेवारी लिएका छन् । आयोजनामा नेपाली साझेदार बिपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी छ । कूल रू ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने महर्जनले बताए ।
‘रन अफ द रिभर’ प्रकृतिमा बन्न लागेको यस आयोजनाबाट वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । उनका अनुसार आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।
सम्भाव्यता अध्ययनअनुसार आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव २०७५ किलोमिटर छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच विसं २०७९ पुस ३ मा सम्झौता भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन
चैत ८, २०८० बिहिबार
दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार