मकै बेचेरै जीविकोपार्जन…….
नेपालबहस संवाददाता
चैत ५, २०७९ आइतबार २२:४६:४५
५ चैत, ‘कमलामाई’ सिन्धुली ।
जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस्
रसिलो, पोषिलो, दुधिलो मकै
स्वादिलो नून, खुर्सानी, टिमुर
खाए मकै, नखाए भोकै’
सिन्धुली सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् । लाग्छ, नीरबहादुर विकको कुरा सबैले सुनिरहेका छन्, उनले भनेका कुरा मानिरहेका छन् ।
पोलेको मकै बेच्न नीरबहादुरलाई भ्याइनभ्याई हुन्छ । बिहानभर घरमा पिर्सलेर राखेको घोगाको खोस्टा निकालेर कोइलामा मकै पोल्न व्यस्त छिन, नीरबहादुरकी श्रीमती ४० वर्षीया शान्ता विक । नीरबहादुर रक्तचाप, मधुमेहलगायत रोगबाट पीडित छन । उनी श्रीमतीलाई सकेको बेला सघाउछन । दुई छोराछोरीकी आमा शान्तालाई दिनभर मकै पोल्न भ्याइनभ्याइ हुन्छ ।
विक दम्पतीलाई साँझसम्म सडकमा मकै पोल्दै, बेच्दै गरेको भेट्न सकिन्छ । मौसमी मकैभन्दा बेमौसमी मकै बढी बिक्ने भएपछि असिनपसिन भएर मकै पोल्दै गरेकी शान्ताले आफूले पोलेको मकै श्रीमानले बेचिदिँदा मात्रै पनि व्यवसायमा सहयोग पुग्ने बताउछिन ।
विक दम्पतीको सहकार्य उदाहरणीय छ । धनुषाको मिथुलानगरपालिका–११ कालीखोला पुख्र्यौलीघर भएका विक दम्पती सिन्धुली आएर दुई वर्षदेखि मकै बेचेको कमाइले जीविका धान्दै आएका छन् । दैनिक ५० भन्दा बढी मकै बिक्री हुने गरेको शान्ताले बताइन।
“प्रतिगोटा ३० रुपैयाँले बेच्दा हामीलाई १० रुपैयाँ फाइदा हुन्छ । खर्च कटाएर दैनिक रु पाँच सय आम्दानी भइरहेको छ”, उनले भनिन । चर्को घाम लागोस् वा गर्जेर पानी परोस् यसको विक दम्पतीलाई कुनै प्रवाह हुँदैन् । तर सडकमा ठेला लिएर मकै बेच्न हिँड्दा ट्राफिक प्रहरीको खप्की सहनुपरेको शान्ताले दुःखेसो गरिन ।
दलित भएकै कारण आफूले पोलेको मकै कतिपय व्यक्तिले नखाएका कारण थर परिर्वतन गरेर मकै बेचेको पीडा पनि विक दम्पतीसित छ । “सुरुसुरुमा विक थर बताउँदा हामीले पोलेको मकै धेरैले खाएनन्, घरबेटीले कोठा दिएनन् । त्यसपछि थर परिर्वतन गरेर मकै बेच्न थाल्यौँ,’ शान्ताले भनिन, “अहिले पनि हाम्रो घरबेटीलाई हामी विक हौँ भन्ने थाहा छैन, सोध्दा ‘माझी’ भन्ने गरेका छौँ ”
मकै जीवन निर्वाह गर्ने आधार भएको विक दम्पतीको भनाइ छ । मकै बिक्री गर्नका लागि उनीहरुले रु १५ हजारमा ठेला किनेका छन् । प्रतिकिलो दाउरा रु १२ मा किन्ने गरेका छन् । प्रतिबोरा कोइला रु दुई सयमा खरिद गर्ने गरेको उनीहरु बताउछन । “हरियो मकै किन्न अन्यत्र जानु पर्दैन्, बिक्री गर्न घरमै ल्याइदिन्छन्”, शान्ताले भनिन । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
देशभर गर्मी बढ्यो, काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान
बैशाख १०, २०८१ सोमबार
बेगमबेली फूलले मनमोहक धोबीखोला [ फाेटाेफिचर ]
बैशाख ९, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार