नयाँ एमपीभी कारेन्स गाडी नेपाली बजारमा
नेपालबहस संवाददाता
चैत ६, २०७९ सोमबार २३:१६:१६
६ चैत, काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत गाडी सार्वजनिक गरेको हो । कम्पनीले पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पारिवारिक कार भनेको छ ।
‘कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प हो,’ कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘यो आधुनिक सेफ्टी, स्पेस र स्टाइल समेटेर आएको छ ।’ किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर ‘आईसीओटीवाई’ २०२३ अवार्ड प्राप्त एमपीभी हो । गत जनवरीमा भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएको थियो । ‘एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार ६५६ युनिट कारेन्स बिक्री भएको छ’ कम्पनीले भनेको छ ।
यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल हिृवल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर जडान छ ।
यो दुई थरी पेट्रोल इन्जिनमा उपलब्ध छ । ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १।५ लिटर एउटा इन्जिन र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १।४ लिटरमा उपलब्ध छ । ६ स्पिड म्यानुअल भने १।५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ । १।४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ ।
कारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १।५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ । कारेन्स प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार तथा प्रेस्टिज भेरियन्टमा ५२ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार