रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम
नेपालबहस संवाददाता
चैत ७, २०७९ मंगलबार २२:३७:२०
७ चैत, बनेपा । रोयल लन्ज एण्ड बार र जिवित फाउन्डेशनको संयुक्त आयोजनामामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बनेपा नगर पालिकाका नगरप्रमुख शान्ति रत्न शाक्यले युवाहरुले व्यावसायीक्ता सँगै सामाजिक उत्तरदायीत्व वहन गरेकोमा खुशि व्यक्त गरेका छन् ।
आगामी दिनमा स्मार्ट हेल्थ नेपाल सँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको र रक्तसचेतिकरण कार्यक्रमलाई बनेपा नगरभरिका सबै वडाहरुमा लैजाने प्रतिबद्धता व्यक्त गर्दैं बनेपामा रगत अभाव हुन नदिनको लागि युवा पुस्ता माझ सचेतना गराएर आवश्यक परेको समयमा तयारी अवस्थामा राख्नुपर्ने बताए ।
बनेपा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हिटलर शाक्यले आगामी दिनमा पनि सामाजिक कार्यको निरन्तरताको लागि अनुरोध गरेका छन् । रोयल लन्ज एण्ड बारका संचालक प्रविन मानन्धरले रोयल लन्ज एण्ड बारले स्वस्थ मनोरञ्जनका साथमा गुणस्तरिय खानेकुराको सेवा सँगै आफ्नो सामाजिक कार्य गर्ने जिम्मेवारीलाई पनि साथ साथमा लैजाने कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम संचालन गरिएको बताएका छन् ।
कार्यक्रममा काभ्रे उद्योग वाणीज्य संघका रियल स्टेट संयोजक सुजन केसी, बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नृवेश वादे, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख नायव उपरिक्षक रेशम बोहरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुरेश थापा, टोल सुधार समितीका संयोजक मुनाल भालु, नेपाल पत्रकार महासंघ काभ्रेका सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कपिल कोईराला, एल एन एन उजेन्सिका संचालक नितिन कायस्थको उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रममा ४० पिन रगत संकलन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार