व्यवसायी कोचरद्वारा करोडौं राजश्व छलीको आशंका, आन्तरिक राजश्वका कर्मचारी मुकदर्शक
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार १८:२:२४
८ चैत, विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरका कर्मचारीको मिलेमतोमा तुषार कोचर नाम गरेका एक व्यवसायीले महाबीर ट्रेड लिंकको समानान्तर कम्पनी खडा गरेर सरकारी राजश्व हिनामिना गरिरहेको समाचार प्राप्त भएको छ । यसबारे सरकारी कर्मचारीले मुख खोल्न नचाहेपनि अन्य व्यवसायीले भने यो कम्पनीले चालु आर्थिक वर्षको यस अवधिमा नै करोडौंको राजश्व ठगी गरिरहेको दावी गरेका छन् ।
आर्थिक मन्दीका कारण सरकारी राजश्व लक्ष्य अनुरुप उठन नसकेर कर्मचारीलाई तलब खुवाउन नै सरकारलाई धौधौ भईरहेको तथा व्यवसाय धरासायी बन्यो भन्ने व्यवसायीको गुनासोलाई विराटनगरको यी व्यापारिक घरानाका व्यक्तिले भने सरकारी राजश्व छली करोडौंं कमाएको नाम नबताउने शर्तमा उनी निकट एक व्यवसायीले बताएका छन् ।
कोभीड–१९ को असरका कारण धरासायी बन्दै गएको उद्योग व्यवसाय क्षेत्र विस्तारै लयमा आइरहेको भएपनि पछिल्लो समय बैंकको चर्को ब्याजबिरुद एकथरी उद्योेगी व्यवसायी आन्दोलित छन् । यसरी उद्योगी व्यवसायी आन्दोलित भइरहेको अवस्थामा विराटनगरका यी व्यवसायीले भने आफनो वास्तविक व्यवसायिक कारोवार लुकाएर सरकारी राजश्व ठगी गरी करोडौं कमाउन सफल भएको दावी गरिएको छ । उनले ठगी गरिरहेको राजश्व रकमबारे भने सरकारी कर्मचारीहरु अनविज्ञ जस्तै देखिएका छन् । एकातिर सरकार राजश्व उठाउन नसकिएको भन्दै गुनासो गरिहेको छ भने यही मौकामा यस्ता व्यवसायीहरुले राजश्व छलेर करोडौं कमाइरहेका छन् ।
विराटनगरकै उनी निकट एक व्यवसायीले आफनो नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारी अनुसार तुषार कोचरले चालु आर्थिक वर्षको छ महिनाको कारोवार विवरण सम्बन्धित सरकारी निकायले फूल अडिटको छानविन गर्नासाथ कुन हदसम्म झरेर ती कारोवारीले राजश्व ठगी गरेको छ भन्ने रहस्य आफै खुल्नेछ । तर, आन्तरिक राजश्वका कर्मचारीसँग मिलेमतो भएकाले आन्तरिक राजश्वले चासो दिएको छैन् । समाचार स्रोतले दिएको जानकारी अनुसार कोचरले आफनो कारोवारी फर्म राजश्वमा दर्ता गर्दाको समयमा विभिन्न वस्तु आयात तथा केमीकल्सदेखि प्लाष्टिजन्य कारोवारको उद्देश्य देखाएको थियो ।
तर अहिले प्लाष्टिकका युपीभीसी सामाग्री खुलेयाम बिक्री वितरण गर्ने महाबीर ट्रेडलिंकले चालु आर्थिक वर्षको छ महिनामा मात्रै करोडौंको भ्याटदेखि आयकरमासमेत व्यापक ठगी गरिरहेको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरबाट भ्याटमा दर्ता भएर महावीर ट्रेडलिंकका नाममा ६०३६५५४५२ भ्याट नम्बर समेत प्राप्त गरेको उक्त फर्मले विभिन्न बस्तु आयात गरी बिक्री गर्दा पुर्णरुपमा ईस्टिमेट बिलको प्रयोग गर्ने गरेको रहस्य अहिले आएर खुलेको छ ।
उक्त फर्मका संचालक तुषार कोचर रहेका छन् भने उनले आफुसँगै आफना बाबु निर्मल कोचरका नाममा पनि आन्तरिक राजश्व कार्यालयबाट भ्याट नम्बर ३००२१०३९४६ भएको हरिराम इन्टरप्राइजेज नामको अर्को एक फर्म दर्ता गरी निर्वाध रुपमा आफनो व्यवसायिक कारोवार गरिरहेको बताइएको छ । यी कोचर व्यवसायीलाई गोल्छा समुहका सुरेन्द्र गोल्छाले कारोवारमा राम्रै साथ र सहयोग गरेको कुरा व्यवसायीहरुले दावी गरेका छन् । व्यवसायी कोचरले लामो समयदेखि उक्त दुवै फर्मबाट निर्वाध रुपमा आफनो व्यवसायिक कारोवार गरी राज्यलाई बुझाउनु पर्ने करोडौंको भ्याटदेखि आयकर समेत छली रहेको स्रोतको दावी छ ।
कोचर व्यवसायीबाट भएको राजश्व छली प्रकरण चर्कदै गएपछि आन्तरिक राजश्व कार्यालय विराटनगरले पनि उक्त प्रकरणलाई उच्च महत्वका साथ छानविन गर्नुपर्ने आवाज उठेको छ । कोचरले मुअ कर र आयकरमा समेत अकल्पनीय राजश्वको ठगी भएको हुनसक्ने भन्दै आन्तरिक राजश्व कार्यालयमा दर्जनौं उजुरीहरु परेको बताइएको छ ।
विशेषगरी प्लाष्टिकजन्य कारोवार भन्दै महावीर ट्रेडलिंकले युपीभीसी समेतको कारोवार गर्दा अन्तशुल्क देखि मुअकर र आयकर समेत बुझाउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थालाई बेवास्ता गर्दै कोचरले अन्त शुल्कमासमेत व्यापक राजश्व ठगी गरेको आशंका गरिएको छ । गोल्छा समुहका सुरेन्द्र गोल्छाको निर्देशनमा चल्ने कोचर व्यवसायीलाई ठुलै शक्तिकेन्द्रको आर्शीवाद भएपछि राजश्व ठगीको छानविन प्रकरण नै गुपचुप हुन सक्ने आशंका समेत अन्य व्यवसायीले गर्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
चोभार सुक्खा बन्दरगाह, सडक असुविधाले सामान गन्तव्यमा पुर्याउनै झन्झट
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार